१२ वर्षीय छोरीलाई बालात्कार गरेको आरोपमा बाबु पक्राउ



हाम्रो इकोनोमि

 

छोरीलाई बालात्कार गरेको आरोपमा दाङको तुलसीपरमा बाबु पक्राउ परेका छन् ।

 

बलात्कारमा परेकी १२ बर्षीया बालिकाको नेपालगञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो ।

 

बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’– प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘ पीडितत नेपालगञ्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुन्छ ।’

अस्पताल भर्ना भएकी ११ वर्षीय बालिका बलात्कृत

दिल्लीको रोहिणी सेक्टर दिल्ली के रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

 

हिन्दूस्तान टाइम्सका अनुसार एक सफाईकर्मीले उपचारका लागि भर्ना भएकी ति बालिकाको बलात्कार गरेका हुन् प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।

 

उनीविरुद्ध बलात्कार र अपहरणको मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार स्वास्थ्यमा खराबी भएपछि केही दिन पहिलेमात्रै बालिकालाई अस्पतालको वार्डमा भर्ती गरिएको थियो ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

 

सिरहाको जिरोमाइल–बरियारपट्टि सडकखण्डस्थित सुखिपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमाइलतर्फ आउँदै गरेको स ९ प १११ नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स २ प १३०९ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा स ९ प १११ नं को मोटरसाइकलका चालक सिरहाको बरियारपट्टी गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते यादवको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा परी स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका–५ निमचोक निवासी २६ वर्षीय राम उदगार महतो गम्भीर घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...