राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् ।

 

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

 

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलार्इ पनि भ्रमण टोलीमा  समेटिएकाे छ ।

 

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ ।

 

विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई ओलीले असोज ११ गते सम्बोधन गर्नेछन् ।

 

भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

असोज ९ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने ओलीले अर्को एक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

 

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि भेटघाट गर्ने तयारी छ । ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेकलगायतसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...