अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार : एक नेपालीसहित तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

अमेरिकाको मेरिल्यान्डस्थित राईटएड औषधि बितरण केन्द्रमा गोली चल्दा एक नेपाली महिलासहित तीनजनाको ज्यान गएको छ ।

 

औषधी बितरण केन्द्रमा कार्यरत एक महिलाले आफ्नै सहकर्मीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा नेपाली महिला बृन्दा गिरीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

स्थानीय मेरिल्यान्ड निवासी नेपाली मूलका ह्यारी भन्डारीलाई उदृत गर्दै एसोसिएट प्रेसले गोली लागेर मृत्यु हुनेमा नेपाली मूलकी ४१ बर्षिया वृन्दा गिरी रहेको जनाएको छ। नेपाली मूलका ह्यारी भन्डारी स्थानीय मेरिल्यान्डका वासिन्दा र स्टेट डेलिगेटका प्रत्यासी हुन।

 

बिगत १० वर्ष देखि आफुले बृन्दा गिरीको परिवारलाई चिन्दै आएको भन्डारीले संचारकर्मीहरूलाई बताएका छन।अरू झै सुखी जीवनका लागी गत अप्रिल महिनामा मात्र नेपालबाट अमेरिकामा बसाई सरेकी बृन्दा गिरीका पति र दुई सन्तान रहेका छन ।

 

बिहीबार बिहानको सुटिड्गमा बन्दुक चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...