जंगलको बीचमा २५ युवतीहरूलाई सामूहिक रुपमा…असई दोषी !



हाम्रो इकोनोमि

 

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ हत्पतेको भलुवाहीमा युवतीहरूमाथि गलत मनसाय राखेर फसाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको छ ।

 

रोजगारी र नेतृत्व विकास तालिमको नाममा नामै नसुनिएको संस्थाले युवा र युवतीहरूलाई फसाउन लागेको चाल पाएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

 

शैक्षिक सामाग्री वितरण केन्द्र नाम गरेको सो संस्थाले कर्मचारीको आव्हन गरेर जंगलमा महिलाहरूलाई लगेर तालिम दिने गरेको थियो । स्थानीयले जंगलमा युवा र युवतीलाई तालिम दिँदै गरेको फेला पारेपछि विरोध गरेका थिए । सो संस्थाको उदेश्य गलत भएको स्थानीयको आरोप छ ।

 

बिहीवार सिन्धुली, उदयपुर, डडेलधुरा लगायतका २५ जना महिलाहरूलार्इ नेतृत्व विकास तालिम दिने भन्दै दुधौली २ भलुवाहीको रतनपुर जंगलमा तालिम दिँदै गरेको अवस्थामा तालिमको आयोजना गर्ने केन्द्रका बैकुण्ठ शाहलाई समातेर प्रहरी चौकी हत्पतेमा बुझाएका थिए ।

 

तर, शाहलाई कारबाही गर्ने तर्फ सहायक निरीक्षक नवलकिशोर यादवले चासो नदेखाएपछि स्थानीयहरू आक्रोसित बनेका थिए ।

 

शुक्रबार महिलाहरूलाई सामान्य खर्च दिएर घर पठाउन लागेको तथा प्रहरीले घटनालाई लुकाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन समेत गरेका छन् ।

 

र्इलाका प्रहरी कार्यालय डकाहबाट प्रहरी बोलाएर जिम्मा लगाउने क्रममा प्रहरी र स्थानीयबीच सामान्य झडप समेत भएको छ ।

 

स्थानीयले घटना लुकाउन खोज्ने प्रहरी चौकी हत्पतेका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको सरुवाको माग गरेका छन् । यादवविरुद्ध प्रदर्शन भएको छ ।

 

रोजगारीको नाममा फसेका महिलाहरूले आ–आफ्नो घर फर्किन १ लाख ७६ हजारको क्षतिपूर्ति रकम माग गरेका छन् । शैक्षिक सामाग्री वितरण केन्द्रको वैधानिकता भेटिएको छैन ।

 

कागजपत्र नभेटिएको केन्द्रले प्रयोग गर्दै आएको पान नम्वर दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्न आएको छ ।

 

प्रहरी चौकी भलुवाहीका सहायक निरीक्षक नवलकिशोर यादवमाथि अनुसन्धानको माग गर्दै स्थानीयले नियन्त्रणमा लिएर चौकीमा बुझाएका छन् । यादव र शाहलाई इलाका प्रहरी कार्यालय डकाहमा पठाइएको छ ।

 

असई यादवले नै शाहलाई युवा युवतीहरूलाई समूहिक रुपमा जंगलमा प्रशिक्षण दिन अनुमति दिएको आरोप स्थानीयले लगाएका छन् । शाहलाई कारबाही गर्न असई यादवले चासो नदेखाएपछि स्थानीयहरू आक्रोसित भएका थिए ।रिपब्लिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...