नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा



हाम्रो इकोनोमि

 

 

सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

 

मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।

 

कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए ।

बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

 

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

 

माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।

 

थिंक ट्याक गठन

सरकारले थिंक ट्यांक बनाएको छ । मन्त्रिपरिषद्को बैठकले नीति अनुसन्धान प्रतिष्ठान बनाएको हो । प्रतिष्ठानमा प्रा. डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...