जागिरवाट निकालिएका एक प्रहरी जवानले आईजीपी खनाललाई गरे यस्ताे गम्भिर प्रश्न!



हाम्रो इकोनोमि

 

केहीमहिना अघि एक प्रहरी जवानले फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट नै निकालिएका थिए। तर अहिले भर्खरै भएकाे कञ्चनपुर हत्या प्रकरणमा प्रमाण मेटाउनेलार्इ भने निलम्बित मात्रै गरिएकाे छ। तिनै पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपी सर्वेन्द्र खनााललाई प्रश्न गरेका छन्।

 

उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्। पूर्व प्रहरी चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ।

 

पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए। त्यो आरोप लागेको केहि दिनमै जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरवाट बर्खास्त गरेको थियो।

 

पूर्व प्रहरी जवान चन्दले अहिले निर्मला हत्या प्रकरणलाई लिएर आईजीपीलाई प्रश्न गरेका हुन। उनले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन गर्नु ठुलो अपराध थियो कि निर्मला हत्याका प्रमण मेटाउनु ठुलो अपराध थियो भनेर आईजीपीलाई प्रश्न गरेका छन्।

पूर्व प्रहरी जवान चन्दले बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई जोगाउन प्रमण मेटाउने प्रहरी अधिकारीलाई निलम्वन मात्रै गर्ने तर प्रहरी संगठन भित्रै न्याय माग्दा जागिरबाट नै बर्खास्त गर्ने परिपाटीको खुुलेरै विरोध पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...