दिपिका भन्दा अगाडिका रणवीरका गर्लफ्रेन्डहरु को को थिए



हाम्रो इकोनोमि

 

 

ब्याण्ड बाजा बारातमा होस् अथवा बाजिराव मस्तानी, रामलिला होस् अथवा पद्मावत, रणवीरले आफ्नो अभिनय कौशलले भारतीय फिल्मी क्षेत्रमा आफ्नो ठाउँ बनाइसकेका छन्। बि टाउनमा आफ्नो प्रभावले मणि भन्दा कम नभएको प्रतिक्रिया पाउँछन्।

 

रणवीर सिंह आकर्षक छन्, उनमा केहि जादुमय गुणहरु छन्, जसले उनीमाथि मानिसहरुको ध्यान खिच्छ। उनी दयालु छन् र बनावटि भन्दा पनि मनको कुरा गर्छन्। त्यसैले उनी धेरैसँग जोडिएका छन्।

 

जति उनको अभिनयको चर्चा छ, उति नै उनको प्रेमसम्बन्धको पनि। सोनाक्षि सिन्हा देखि अनुष्का शर्मासम्म उनको नाम लगभग धेरै अभिनेत्रीहरुसँग जोडिइसकेको छ।

यहाँ अभिनेता रणवीर सिंहका केहि प्रेमिकाहरुको बारेमा चर्चा गरिएको छ

 

१. आहाना देवल

मिडियामा आएको खबरहरुलाई मान्ने हो भने रणवीर सिंहको बलिउड फिल्म इन्डस्ट्रिको पहिलो प्रेमीका आहाना देवल हुन्।

 

उनी अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी कान्छि छोरी हुन्। उनीहरु कलेजको समयमा छोटो समयसम्म प्रेम सम्बन्धमा थिए। पछि आहाना आदित्य रोए कपूरसँग प्रेम सम्बन्धमा रहिन्।

२. अनुष्का शर्मा

 

धेरैलाई स्मरण भएको चलचित्र हो, ‘ब्याण्ड बाजा बारात’। चलचित्रको पर्दामा देखिएको श्रुति र बिट्टोको जोडि धेरै रुचाइएको जोडि हो । यस्तै अनुष्का र रणवीरले आफूलाई पर्दा बाहिर पनि जोडि देखाए। रिपोर्टको अनुसार यी दुई एक अर्काको गहिरो प्रेममा थिए।

 

अहिले अनुष्काको क्रिकेट खेलाडि विराट कोहलीसँग भईसकेको छ। तर पनि यी दुई राम्रा साथी छन्। अन्तर्वार्तामा एक अर्काको प्रशंसा गर्न भ्याउछन्।

 

अनुष्का र रणवीरले खुल्ला रुपमा आफ्नो प्रेम सम्बन्धको बारेमा कहिले पनि कुरा गरेनन् तर आइफा अवार्डमा रणवीर सोनाक्षि सिन्हासँग नजिकिएको सार्वजनिक भएपछि अनुष्का र रणवीरको प्रेम सम्बन्ध टुटेको बताइएको थियो। रणवीर अनुष्काको साथलाई अहिले पनि ‘मिस’ गर्ने बताउछन्।

३. सोनाक्षि सिन्हा

 

अनुष्कासँगको प्रेम सम्बन्ध टुटेपछि रणवीर र सोनाक्षिको प्रेम प्रसंग सुरु भएको हो। उनीहरु ‘लुटेरा’ चलचित्रमा काम गर्दा नजिकिएका थिए। पछि यी दुवैको प्रेमको चर्चा सेलायो।

४. परिनीति चोपडा

 

रणवीर सिंहको आफ्नो को एक्टर्ससँगको प्रेम कहिले पनि लुकेको छैन। ‘किल दिल’ गर्दै गर्दा उनको जोडि कलाकार थिइन् अभिनेत्री परिनीति चोपडा। उनीहरुले एक राम्रो सम्बन्धलाई प्रस्तुत गरे। यी दुईले दुईओटा चलचित्रसँगै गरेका छन्। ‘किल दिल र लेडिन भर्सेस रिक्कि बाल’। मिडियामा आएका अन्तवार्तामा पनि उनीहरु एक अर्कालाई जिस्काइरहेका हुन्छन्।

५. दिपिका पादुकोण

धेरै सुन्दरीहरुसँग सम्बन्धमा रहेका रणवीरले अन्तत आफ्नी प्रिय भेटेका छन्। ‘गोलियोकी रासलिला रामलिला’ मा अभिनय गर्दा उनले अभिनेत्री दिपिका पादुकोणलाई भेटे। त्यसपछि यो जोडि बलिउड फिल्म नगरीमा छाईरह्यो।

 

यो धमाकेदार जोडिले चलचित्र पनि धमाकेदार नै गरे। ‘बाजीराव मस्तानी, फाइन्डिङ्ग फेनी र पद्मावत्।’

 

यीनको प्रेमको कुरा गाईगुई मिडियामा सुनियो तर सार्वजनिक रुपमा यी जोडिले कहिल्यै आफ्नो प्रेमको बारेमा बोलेनन्। आँउदो नोभेम्बर २० मा यो जोडिले लगनगाँठो कस्दैछ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...