अब सबै ‘पोर्न साइट’ बन्द हुने, सरकारले दियो यस्तो निर्देशन



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय बढेका बलात्कारका घटनाले सरकारको गम्भीर ध्यानाकर्ष गराएको छ ।

यसरी घटना बढ्नुमा खुल्लेआम पार्ने साइटलाई सरकारले कारकको रुपमा लिएको छ । समाजमा विभिन्न खालका अपराधमा बृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ । विहीबार मात्र बर्दियामा एक १० बर्षे बालकले ७ बर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

‘अनपेक्षित रुपमा जसरी देशभर बलात्कारका घटना भएका छन्, तिनमा ‘पोर्न साइट’ को पनि भूमिका छ भन्ने विश्लेषण मन्त्रालयको राजनीतिक नेतृत्वको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, त्यस्ता साइट बन्द गर्न मन्त्री बास्कोटाले कडा निर्देशन दिनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...