महिलाले मदिरा निषेध गरेपछि व्यापारीले बजार बन्द गरे



 

अस्तव्यस्त मदिरा बेच विखन र सेवनका कारण बझाङ्गी समाजमा नराम्रो असर परेको भन्दै जिल्ला सभा बझाङले जिल्लामा मदिरा बन्द गर्ने निर्णय गरेपछि सो विषय विवादित बन्दै गएको छ । बझाङ उद्योग बाणिज्य संघ संस्थागत रुपमा जिल्लालाई मदिरा निषेध गर्ने निर्णयका विरुद्धमा विभिन्न संघर्ष र कानुनी समाधान खोजी रहेको छ ।

 

गएको महिनामा दोस्रो जिल्ला सभाले आधीकारीक रुपमा बझाङ जिल्लालाई मदिरा निषेध गर्ने निर्णय गरेपछि मदिराको ईजाजत पत्र लिएका व्यापारी लगायत अन्य उद्योगी व्यवसायीहरुले असन्तुष्ट जनाएका छन् ।

 

शुक्रबार महिलाहरुले विशाल र्‍याली निकाली जिल्ला सभाले गरेको मदिरा निषेधको निर्णयको समर्थनमा  यथासक्य कार्यान्वयन गर्ने भन्ने सुचना पाँउना साथ यता उद्योग बाणिज्य संघ बझाङले महिलाको प्रतिकार स्वरुप  जिल्ला सभाको निर्णयलाई खारेजको माग गर्दै शुक्रबार सदरमुकाम चैनपुर लगायत जिल्लाका सबै व्यापारी केन्द्रहरुमा पसल होटेल बन्द गराएको छ ।

 

स्थानीय रेडियोहरुमा महिला अधिकारक्रर्मीहरुले सुचना प्रसारण गरि जिल्ला सभाले बझाङ जिल्ला मदिरा निषेध गर्ने निर्णयको पक्षमा दवाव दिन र्‍यालीमा सहभागीहरु हुन अनुरोध गरेपछि उद्योग बाणिज्य संघ बझाङले उनिहरुको प्रतिकार स्वरुप सदरमुकाम चैनपुर बजार बन्द गरेको हो ।

 

शुक्रबार नै जिल्ला स्थित जनप्रतिनीधी महिलाहरु, महिला अधिकारकर्मी लगायत विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी महिलाहरु र सर्व साधारण महिलाहरुले चैनपुरमा जुलुस प्रदर्शन गरी रक्सी बन्दको निर्णण कार्यान्वन गर्न कडा चुनौती दिएका थिए ।

 

उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले मदिरा बन्दको विषयलाई लिएर सरकार पक्ष, महिला अधिकारकर्मी र हामी विच दोहोरी र बाद विबाद गर्नु कुनै जरुरी नभएको बताए ।

 

उनले भने देशको कानुन अनुसार हामीले पेशा व्यवसाय दर्ता गरेर व्यापार गर्न पाउनु हाम्रो अधिकार हो । जनप्रतिनीधी सहितको जिल्ला सभाले कानुनलाई मिचेर काम गर्नु गैर कानुन भएको बताए।

 

शुक्रबार महिलाहरुको जुलुसको अगुवा गरी रहेकी जयपृथ्वी नगरपालीका की उप प्रमुख जुना जाग्रीले हामी जनप्रतिनीधीहरुले पनि समाज र जनताको हितकालागी बोल्ने हो मदिरा सेवनकै कारण जिल्लामा थुप्रै धनजनको क्षती भएकाले मदिरा बन्द हुनु आवस्यक छ  ।

 

दैनिक जसो महिलाहरु हिंसामा परेका छन्, त्यसैले आफुहरुले जनहित अनुसार निर्णय गरेको बताइन् । उनले जिल्ला मात्रै होईन देश भरीबाट नै केही बर्षका लागी मदिरा निषेध गर्नु पर्ने कुरामा जोड दिइन् ।

 

 जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय गरे लगत्तै उद्योग बाणिज्य संघ बझाङले मदिरा बन्दको विरुद्धमा उच्च अदालत दिपायलमा मुद्धा दर्ता गराएको छ ।

 

उद्योग बाणिज्य संघले उच्च अदात दिपायलमा दोस्रो जिल्ला सभा बझाङको नामा रिट दायर गरेपछि उच्च अदालत दिपायलले कारण देखाउ आदेशको परिपत्र पाएको हुँदा शनिबार उच्च अदालतमा जाने योजना रहेको जिल्ला समन्वय समीतीका प्रमुख खडक खड्काले बताए ।

 

 उनले भने हाम्रो कुनै स्वार्थ हैन । यो समग्र जिल्लाको हितका लागी जिल्लाका १२ वटै स्थानीय निकायका प्रमुख उप प्रमुख सहित प्रशासकिय अधिकृतहरुको निर्णय हो । मदिराका कारण धेरै अपराधिक गतीविधी भएका छन् । त्यसैले बझाङ जिल्लालाई मदिरा निषेध गर्ने पर्ने दाबी गरे ।

 

जिल्ला समन्वय समीतीको दोस्रो सभाको दोस्रो बैठेकले असोज १ गते देखी मदिरा पुर्ण रुपमा बन्द गर्ने कार्ययोजना राखे अनुसार सो अनुसार कार्वाही अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र