पेट्रोल पम्प व्यवसायीको कालोबजारी, यी हुन् ठुलो परिमाणमा पेट्रोल लुकाउने पम्प



हाम्रो इकोनोमि

 

पेट्रोलियम पदार्थ ढुवानीकर्ताले ढुवानी ठप्प पार्दा पेट्रोलियम पदार्थको चरम अभाव सिर्जना भएको छ । पेट्रोल पम्पहरुमा लामो लाइन छ भने, ढुवानी ठप्प रहेको छ ।

 

सरकारले पेट्रोलियम पदार्थको अभाव मेटाउन वितरणमा कोटा निर्धारण गरेको छ । तर, पेट्रोल पम्प व्यवसायीहरुले भने कालोबजारी सुरु गरेका छन् ।

 

काठमाडौंको सामाखुसीमा रहेको एक पेट्रोल पम्प व्यवसायीले २४ सय लिटर पेट्रोल लुकाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुमगन टोलीले भेटाएको हो ।

 

शुक्रबार सामाखुसीको आकाशजोगिनी इन्टरप्राइजेजको २४ सय लिटर पेट्रोल लुकाएको पाइएपछि विभागको अनुमगन टोलीले जफत गरेर सर्वसाधारणलाई वितरण गरेको जनाइएको छ ।

 

निर्मलाको निम्ति न्याय माग्दै बालबालिका सडकमा

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि बालबालिकाले सडकमा भव्य प्रदर्शन गरेका छन् ।

 

निर्मलाको बलात्कारी-हत्यारालाई सरकारले तत्काल पक्राउ गरेर कानुनी कारवाहीको दायरा ल्याउनुपर्ने भन्दै बालबालिकाहरु सडकमा उत्रिएका हुन् ।

 

बलात्कार-हत्या भएको दुई महिना पुग्नै लाग्दासम्म अपाधी पक्राउ नपरेको भन्दै आक्रोशित बनेका बालबालिकाहरु सडकमा चर्को नारा जुलुस लगाउदै सरकारलाई गम्भीर हुन चेतावनी दिएका छन् ।

 

नगर बाल सञ्जाल समितिको आयोजनामा शुक्रबार ‘निर्मलाका निम्ति न्याय’ नारासहित बालबालिकाले सदरमुकाम धनगढीमा बृहत विरोध -याली निकालेका हुन् ।

 

न्यायको खोजीमा काठमाडाैं आएर प्रधानमन्त्री केपी शर्मा आेलीसंग भेटेर न्यायको आग्रह गरेर कञ्चनपुर फर्केका निर्मला पन्तका बाबुआमालाई यो आन्दोलनले न्याय दिलाउने आशाका साथै केहि राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...