पेट्रोल पम्प व्यवसायीको कालोबजारी, यी हुन् ठुलो परिमाणमा पेट्रोल लुकाउने पम्प



हाम्रो इकोनोमि

 

पेट्रोलियम पदार्थ ढुवानीकर्ताले ढुवानी ठप्प पार्दा पेट्रोलियम पदार्थको चरम अभाव सिर्जना भएको छ । पेट्रोल पम्पहरुमा लामो लाइन छ भने, ढुवानी ठप्प रहेको छ ।

 

सरकारले पेट्रोलियम पदार्थको अभाव मेटाउन वितरणमा कोटा निर्धारण गरेको छ । तर, पेट्रोल पम्प व्यवसायीहरुले भने कालोबजारी सुरु गरेका छन् ।

 

काठमाडौंको सामाखुसीमा रहेको एक पेट्रोल पम्प व्यवसायीले २४ सय लिटर पेट्रोल लुकाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुमगन टोलीले भेटाएको हो ।

 

शुक्रबार सामाखुसीको आकाशजोगिनी इन्टरप्राइजेजको २४ सय लिटर पेट्रोल लुकाएको पाइएपछि विभागको अनुमगन टोलीले जफत गरेर सर्वसाधारणलाई वितरण गरेको जनाइएको छ ।

 

निर्मलाको निम्ति न्याय माग्दै बालबालिका सडकमा

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि बालबालिकाले सडकमा भव्य प्रदर्शन गरेका छन् ।

 

निर्मलाको बलात्कारी-हत्यारालाई सरकारले तत्काल पक्राउ गरेर कानुनी कारवाहीको दायरा ल्याउनुपर्ने भन्दै बालबालिकाहरु सडकमा उत्रिएका हुन् ।

 

बलात्कार-हत्या भएको दुई महिना पुग्नै लाग्दासम्म अपाधी पक्राउ नपरेको भन्दै आक्रोशित बनेका बालबालिकाहरु सडकमा चर्को नारा जुलुस लगाउदै सरकारलाई गम्भीर हुन चेतावनी दिएका छन् ।

 

नगर बाल सञ्जाल समितिको आयोजनामा शुक्रबार ‘निर्मलाका निम्ति न्याय’ नारासहित बालबालिकाले सदरमुकाम धनगढीमा बृहत विरोध -याली निकालेका हुन् ।

 

न्यायको खोजीमा काठमाडाैं आएर प्रधानमन्त्री केपी शर्मा आेलीसंग भेटेर न्यायको आग्रह गरेर कञ्चनपुर फर्केका निर्मला पन्तका बाबुआमालाई यो आन्दोलनले न्याय दिलाउने आशाका साथै केहि राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...