नवनिर्वाचित १० सभापतिले शपथ लिए



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शुक्रबार आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् ।

 

शपथ लिनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल छन् ।

 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिए ।

 

ज्येष्ठ सदस्यका रुपमा समितिको बैठकको अध्यक्षता गरी आएका सांसदलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै सोही समारोहमा सभामुख महराले सम्मान गरे ।

 

सो अवसरमा सभामुख महराले १० विषयगत समितिमध्ये ६० वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताए ।

 

समितिका हुने सबै खालका छलफल सङ्घीय संसद्को सम्पत्ति भएको जनाउँदै समितिको सभापतिमा सर्वसम्मत गराउन योगदान दिने राजनीतिक दल र नेतृत्वप्रति धन्यवाद व्यक्त गरे।

 

समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । निर्वाचित सबै सभापतिले आजै पद बहाली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...