जिम्मेवारीबाट किन ब्याक हटे नेकपाका नेता मायाप्रसाद, कर्णाली सचिव अस्वीकार



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्माले आफूले पाएको जिम्मेवारी तथा पदप्रति असन्तुष्टि व्यक्त गर्दै तोकिएको पदमा नबस्ने घोषणा गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयले प्रदेशको नेतृत्व बाँडफाँड गरेको केही घण्टा पनि नबित्दै कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका हुन् ।

 

गृह जिल्ला जाजरकोटमा रहेका अधिकारीले त्याग, योगदानको कुनै भूमिका नभएको भन्दै अपमानित गर्ने गरि जिम्मेवारी दिएकोले केन्द्रीय सचिवालयले तोकेको जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन्।

 

उनले अहिले दिइएको जिम्मेवारी एकीकरणमा मर्मअनुासर नभएको दावी गरे।

 

शुक्रबार भएको सचिवालय बैठकले कर्णाली प्रदेशको इन्चार्जमा पूर्व माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सह–इन्चार्जमा पूर्व एमालेका यमलाल कँडेल तोकिएको छ । त्यसैगरी प्रदेश अध्यक्षमा पूर्व एमालेका गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...