असन्तुष्ट पक्ष सबैसँग वार्ता हुन्छ : संयोजक पाण्डेय



हाम्रो इकोनोमि

 

उच्चस्तरीय राजनीतिक अधिकार सम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनले कम्युनिष्ट पाटीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजुरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिए ।

गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उनले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिए ।

उनका अनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...