म्यानमारसँग पहिलो हाफमै नेपालले खायो १० गोल



हाम्रो इकोनोमि

 

एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म नेपालले खराब प्रदर्शन गर्दै एकपछि अर्को गोल खाएको हो ।

नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।

नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्‍यो ।

म्यानमारले खेलको १०औं, १७औं र २०औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९औं, ३२औं र ३७औं मिनेटमा नेपालले गोल खादै १०-० गोलको भारी अन्तरले पछि परेको हो ।

यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो ।

यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...