म्यानमारसँग पहिलो हाफमै नेपालले खायो १० गोल



हाम्रो इकोनोमि

 

एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म नेपालले खराब प्रदर्शन गर्दै एकपछि अर्को गोल खाएको हो ।

नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।

नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्‍यो ।

म्यानमारले खेलको १०औं, १७औं र २०औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९औं, ३२औं र ३७औं मिनेटमा नेपालले गोल खादै १०-० गोलको भारी अन्तरले पछि परेको हो ।

यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो ।

यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...