विद्युत प्राधिकरणमा कुलमानको नयाँ नियम, नेताको हाजिर अनिवार्य,नत्र जागिर चट्



हाम्रो इकोनोमि

काठमाडौं, ५ असोज । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ ।

आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 

सो व्यवस्था यही असोज ७ गते आइतबारदेखि लागू हुने प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरिदिएको छ ।

 

प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा प्राधिकरणले व्यवस्था गरेबमोजिम मिटर ‘रिडिङ’मा संलग्न कर्मचारीबाहेकले कार्यालय खुलेको दिन कार्यालय समयअनुसार अनिवार्य रुपमा आएको र गएको समय जनिने गरी विद्युतीय हाजिर गर्नु पर्ने व्यवस्था लागू गरिएको हो ।

 

विद्युतभार कटौतीको अन्त्यपछि आन्तरिक व्यवस्थापनको सुधार, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काममा लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि नै सार्वजनिक गरेका थिए ।

 

सोही घोषणा बमोजिम नै बाध्यकारीरुपमा सबै कर्मचारीलाई हाजिरीमा कडाइ गरिएको हो । यस्तो व्यवस्था कार्यान्वयन नभएको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको अध्यक्षतामा बसेको बैठकले विनियमावलीलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

 

विद्युतभार कटौतीको अन्त्यपछि आन्तरिक सुधारको रुपमा यस्तो कदम चालिएको हो । प्राधिकरणको यो निर्णयबाट सबैभन्दा बढी ट्रेड युनियनका नेता प्रभावित हुने भएका छन् । प्राधिकरणमा नेपाली कांग्र्रेसको कर्मचारी संघ आधिकारिक ट्रेड युनियन छ ।

 

तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रका क्रमशः कर्मचारी युनियन तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) र राप्रपाको कर्मचारी कल्याण परिषद् क्रियाशील छन् । कार्यालय आएको र गएको समय जनिने गरी हाजिर गर्नुपर्ने व्यवस्था लागू भएपछि कार्यकारी निर्देशक घिसिङले पनि दिनमा दुईपल्ट हाजिर गर्नुपर्ने भएको छ ।

 

यसैगरी उपकार्यकारी निर्देशकले पनि दुई पल्ट नै हाजिर गर्नुपर्ने भएको छ । यसअघि उनीहरुले दिनमा एक पल्ट मात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिने कर्मचारीले भने सम्बन्धित कार्यालय प्रमुखले नै आवश्यक व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...