प्रदेश ५ बाट गणेशमान पुन यसरी भए आउट, भए शिर्ष नेताको सिकार



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले इन्चार्ज पूर्व एमालेको भागमा परेपछि आफ्नी श्रीमतिलाई अध्यक्ष बनाएरै छाडेका छन् ।

 

नेकपामा पूर्वमाआेवादीबाट अन्य नेताहरु समेत आकांक्षी रहेको बुझिएपनि प्रचण्ड आेलीलाई घुर्क्याएरै नेपालको राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख आेनसरी घर्तीलाई अध्यक्षमा सिफारिस गर्न बर्षमान सफल भएका हुन् ।

 

संघियतापछिको कान्छो जिल्ला बनेको रुकुम पूर्वका नेता तथा पूर्व वाइसीएल अध्यक्ष गणेशमान पुनको समेत चर्चा रहेपनि दलबहादुर राना अटाउँदा पूर्वआपुर्ति मन्त्री समेत रहि सकेका पुनलाई बाइपास गरिएको स्रोतको दावी छ ।

 

प्रदेश ५ मा इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा आेनसरी घर्ती, सह-इन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा रहेका छन् ।

 

तर, नेपालको युवा संगठनलाई चलाएमान बनाएर वाइसीएलको सफल नेतृत्व गरेका सालिन नेता गणेशमान पुन ‘रश्मी’लाई यसरी पाखा लगाउनुमा नेता बामदेव गाैतमको समेत हात रहेको स्रोतको दावी छ ।

 

नेकपाका अध्यक्ष प्रचण्डले बामदेवलाई रुकुम पूर्वबाट सांसद बनाउने खेलमा वर्तमान सांसद कमला रोकालाई राजीनामा दिन सुझाएको तर, रोकाले जनताको मतलाई अपमान नगर्ने भन्दै इन्कार गरेकाले यो अवस्था आएको स्रोतको दावी छ ।

 

यसअघि नेता पुन र रानाको अध्यक्षमा चर्चा समेत चलेको थियो । पहिलो संविधानसभामा उनी समानुपातिकबाट सभासद् बनिन् ।

 

झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री भइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा–२ बाट जितेर उपसभामुख बनेकी थिइन भने, कमला रोका नेता गणेशमान पुनकी श्रीमति हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...