बाबुराम भट्टराईविरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्ने तयारी, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयाेजक डाक्टर बाबुराम भट्टराईविरुद्ध अमेरिकामा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

 

तत्कालिन माओवादीले निर्मम ढङ्गले हत्या गरेका २४ परिवारका सदस्यहरूले बाबुराम भट्टराई अमेरिका भ्रमणमा रहेको समयमा मुद्दा दायर गर्न आपसी छलफलमा जुटेका छन् ।

 

 

छलफलमा इन्टरनेशनल क्रिमिनल कोर्टमा मुद्दा दायरा गर्न चाहिने आवश्यक प्रमाण र कागजपत्रका विषयमा उनीहरूले कानुन व्यवसायीको परामर्श समेत लिएका छन् ।

 

कानुन व्यवसायीहरुले ‘युद्ध,अपराध र मानवता विरुद्धको अपराध’मा मुद्दा दायर गर्न मिल्ने बताएपछी सोहीअनुसार पीडितहरुले प्रमाण जुटाउन लागी परेका छन्।

 

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका २४ परिवार मध्ये ८ परिवार भट्टराईको गृह जिल्ला गोरखाका रहेका छन् ।

 

पीडित परिवारको आवाज दबाउन प्रचण्ड र बाबुरामले हत्याको जिम्मा लिँदै तत्कालिन समयमा ‘सक्ने भए थुनेर देखाऊ’ भनेर दिएका अभिव्यक्तिहरू अव अन्तर्राष्ट्रिय अदालतमा पेस हुने पीडितहरुले बताएका छन्।

कुनै पनि युद्धका समयमा निसस्त्र मानिसहरूलाई हत्या गर्नु जघन्य अपराध ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतले त्यसमा संलग्न वा निर्देशन दिनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ।

 

अन्तर्राष्ट्रिय अदालतको नजिरलार्इ हेर्दा तत्कालिन माओवादीका मुख्य कमाण्डर भट्टारार्इ र प्रचण्ड दोषी नै देखिन्छ। अन्तराष्ट्रिय अदालतले यदि मुद्दामा कारवाही प्रक्रिया आगाडी बढाए प्रचण्डसमेत तानिने छन्।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...