नेकपाका नेताले कार्यकर्ताको श्रीमती लगेपछि बबाल, कार्वाहीको माग गर्दै केपी-प्रचण्डको शरणमा



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका एक कार्र्यकर्ताले आफ्नै पार्टीका एकजना नेताले आफनो घरबार उजाडिदिएको आरोप लगाएका छन् ।

 

ती कार्यकर्ताले आफनो घर बिगार्ने नेतालाईलाई कार्वाहीको माग गर्दै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष गुहार लगाएका छन् ।

 

आफू विदेश गएको बेला श्रीमतीलाई बहकाएर अन्तरंगी सम्बन्ध बनाई आफ्नो घरबार बिगारेको संगीन आरोप उनले लगाएका छन् । ती नेतालाई नेकपाको कलंक भन्दै उनले ब्यभिचारी नेतालाई कार्वाही गरी आफूलाई क्षतिपूर्तिसमेत दिलाउन निवेदनमार्फत् उनले आग्रह गरेका छन् ।

 

यसरी नेतापीडित व्यक्ति हुन् सप्तरीको सुरुङ्गा नगरपालिका ७ पोखरिया बस्ने रामकुमार पासवान । आफ्नै गाउँका नेकपाका जिल्ला सदस्य रामचन्द्र साहले आफूलाई श्रीमतीसँग अलग्याएर छोराछोरीको पालनपोषणमा समेत ठूलो समस्या खडा गरेको उनको दुःखेसो छ ।

 

आफू वैदेशिक रोजगारमा गएको बेला आफ्नी पत्नी चन्द्राकुमारी पासवानसँग ५० वर्षीय साहले सम्बन्ध बनाएको पासवान बताउँछन् । आफ्नो गाउँले दाजु पर्ने साहले भाइचारा समेतको वास्ता नगरी भाइबुहारी नाताकी महिलासँग अनैतिक सम्बन्ध गाँसेको भन्दै उनले न्यायको गुहार लगाए ।

 

साहले श्रीमतीसँग अनैतिक सम्बन्ध राख्दै कतारबाट पठाएको चार लाख नगद, आधा तोला सुन र ६० तोला चाँदीको गहना समेत लिएको पासवानले निवेदनमा उल्लेख गरेका छन् ।

 

आफू कतार गएको केही दिनमै श्रीमतीले फोनमा कुरा गर्न समेत छाडेको उल्लेख गर्दै पासवानले भने, ‘पछि यो विषयमा बुझ्दा राजेन्द्रले आफ्नी पत्नीलाई बिगारेका रहेछन् भन्ने पुष्टि भयो ।’

 

१५ महिना कतारमा काम गरेर घर आउँदा पनि श्रीमतीलाई राजेन्द्रले पटक–पटक सिरहा जिल्लाको लहान बजार बोलाउने गरेको आफ्नै आँखाले देखेको पीडा उनको छ ।

 

उनले आफ्नै सामुन्ने पत्नी चन्द्रिकाले राजेन्द्रसँग फोनमा लामो प्रेमको कुरा गर्ने गरेको र यसबारे बोल्दा पत्नीसहित राजेन्द्रले पनि ज्यान मार्ने धम्की दिएको दुःखेसो उनले पोखे ।

 

‘त्यसपछि सिरहाको लहान २३ स्थित ससुराली गएर त्यहाँका वडा अध्यक्ष र स्थानीयहरुसँग समस्या सुनाएँ’ रामकुमारले थपे, ‘छलफलमा पनि पत्नीले म तिमीसँग जान्नँ, तिमीभन्दा राम्रो श्रीमान् खोजिसकेको छु भनेपछि घर फर्कें ।’

 

यस सम्बन्धमा गत भदौ १२ गते आफ्नै गाउँमा पञ्चायती बसाउँदा राजेन्द्र उपस्थित नभएको रामकुमारको भनाई छ । गाउँलेहरुले पनि राजेन्द्रले आफ्नी पत्नीसँग गरेको अश्लिल कुराकानी र पठाएका म्यासेजहरु सुनेको तथा हेरेको बताउँदै त्यो टेन्सनका कारण आफूले एकपटक आत्महत्याको प्रयास समेत गरेको पासवानले खुलासा गरे ।

 

आफू नेकपाको सच्चा सिपाही रहेको बताउँदै उनले आफ्नो घर उजाड्ने आफ्नै पार्टीका नेतालाई कार्वाही गरी क्षतिपूर्तिसहित न्याय दिलाइदिन अध्यक्षद्वयसँग आग्रह गरेका छन् ।

 

अध्यक्षद्वयलाई पासवानले पठाएको निवेदनमा साहले आफ्नो श्रीमतीको मोवाइलमा पठाएका अश्लिल म्यासेजहरु पनि कपी गरेर हालिदिएका छन् ।

 

नेकपाको नेतृत्वले अब यस विषयलाई कसरी लिन्छ, ब्यभिचारी जिल्ला नेतामाथि कस्तो कारवाही गर्छ या अपराध ढाकछोप गराउनेतिर लागेर पीडितमाथि अन्याय गर्छ ? स्थानीयवासीले चासोका साथ नियालीरहेका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...