नेकपाले तोक्यो सातै प्रदेशका इन्चार्ज र अध्यक्ष (पुरा नामावलीसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । लामो समयदेखी अड्किएको एकताको गाठो फुकाउदै सातै प्रदेशका इन्चार्जहरु तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।

 

जस अनुसार प्रदेश १ इन्चार्ज भीम आचार्य, सहइन्चार्ज साबित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिब सुरेश बहादुर राईलाई तोकिएको छ । यसैगरी प्रदेश २ इन्चार्जमा सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभू साह र सचिब सुमन प्याकुरेल एंवम प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष हितमान शाक्य, सचिब आनन्द पोख्रेल तोकिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

 

गण्डकी प्रदेश इन्चार्ज पि।एस।गुरुंग, सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र सचिब गोविन्द नेपाली, प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल, सहइन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिब जग प्रसाद शर्मा, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कंडेल, अध्यक्ष गोरख बहादुर बोगटी रसचिब मयाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।

 

यस्तै गरी प्रदेश ७ इन्चार्ज भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी, अध्यक्ष कर्ण थापा र सचिब नेप चौधरी लाई जिम्मेवारी दिएको पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन भ्रमणका विषयमा जानकारी समेत गराउनु भएको थियो ।

 

 

प्रदेश १ 
इन्चार्ज भीम आचार्य,
अध्यक्ष देवराज घिमिरे,
सहइन्चार्ज साबित्री कुमार काफ्ले,
सचिब सुरेश बहादुर राई

 

 

प्रदेश २ इन्चार्ज 
सत्यनारायण मण्डल
अध्यक्ष प्रभू साह
सह–इन्चार्ज विश्वनाथ साह
सचिव सुमन प्याकुरेल

 

 

प्रदेश ३ 
इन्चार्ज अष्टलक्ष्मी शाक्य
अध्यक्ष हितमान शाक्य
सह–इन्चार्ज नारायण दाहाल
सचिव आनन्द पोख्रेल

 

 

गण्डकी प्रदेश 
इन्चार्ज पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष हितराज पाण्डे
सह–इन्चार्ज खगराज अधिकारी
सचिब गोविन्द नेपाली

 

 

प्रदेश ५ 
इन्चार्ज शंकर पोख्रेल
अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना
सचिब जग प्रसाद शर्मा

 

 

कर्णाली प्रदेश 
इन्चार्ज जनार्दन शर्मा
अध्यक्ष गोरख बहादुर बोगटी
सह–इन्चार्ज यमलाल कंडेल
सचिब मयाप्रसाद शर्मा

 

 

प्रदेश ७ 
इन्चार्ज भीम रावल
अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी
सचिब नेप चौधरी

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...