सरकारी कार्यालयमा ‘अरिंगाल’ काण्ड, आफ्नै हाकिमलाई मुक्का प्रहार



हाम्रो इकोनोमि

 

कार्यसम्पादन मूल्यांकन फारम भर्ने विषयमा आफू अनुकूल नभएको भन्दै स्वास्थ्य विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.हरिशचन्द्र उप्रेतीमाथि नायव सुब्बा माधव घिमिरले कसेर मुक्का प्रहार गरेका छन् ।

 

तर, निर्देशक उप्रेतीलाई घिमिरेको मुक्का भने लागेन । नायब सुब्बा घिमिरले बिहीबार अपरान्ह निर्देशक उप्रेतीको कार्यकक्षमा प्रवेश गरी सिधै ताकेर मुक्का प्रहार गरेका थिए । उप्रेतीले मुक्का छलेका थिए ।

 

कार्यसम्पादन मूल्यांकन फारममा आफूले भनेअनुसार नम्बर राख्नुपर्ने माग नायब सुब्बा घिमिरेको थियो । निर्देशक उप्रेतीले घिमिरेको प्रस्ताव अस्वीकार गरेपछि मुक्का प्रहार गरेका हुन् ।

 

नायब सुब्बा घिमिरे कुटपिटमा उत्रिएपछि प्रहरी बोलाइएको थियो । प्रहरी नआउँदै निर्देशक उप्रेतीमाथि पुनः आक्रमण भएको थियो ।

 

निर्देशक उप्रेतीलाई दवाव दिन घिमिरेसहितका कर्मचारीहरूले कार्यकक्षमा नै थुनेका थिए । प्रहरी आएपछि कर्मचारीहरूको भागाभाग भएको थियो ।

 

मुक्का प्रहार गर्ने नायब सुब्बा घिमिरेलाई प्रहरीमा मुद्धा नचलाउन निर्देशक उप्रेतीलाई कर्मचारीहरूले दवाव दिएका छन् । घिमिरेले निर्देशक उप्रेतीसँग माफी माग्ने प्रस्ताव कर्मचारीहरूमार्फत पठाएका छन् । तर, उप्रेतीले के गर्ने भनेर जवाफ दिएका छैनन् ।

रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...