घाइते प्रहरी जवान भन्छन् : जनतालाई लाग्ने डरले फायर खोलिन



हाम्रो इकोनोमि

 

भारतीय अपराधिक समूहको गोली लागि घाइते भएका प्रहरी जवान शिवलाल पौडेलले जनतालाई लाग्ने डरले आफूले फायर नखोलेको बताएका छन्।

 

भुटाहामा आलमलाई गोली प्रहार गरी भारतीय मोटरसाइकलमा दुईजनाको समूह घुस्कितर्फ भागेको सूचना पाउनासाथ अभियुक्त पक्राउ गर्न जवान पौडेल हतियारसहित बाटोमा पुगेका थिए।

 

अभियुक्तसँग जम्का भेट हुनसाथ उनले मोटरसाइकल रोक भन्दै कराए। हतियारसहित प्रहरीको आवाज सुन्ने वित्तिकै बाटोमा सर्वसाधारणको भीड लाग्यो। त्यही भीडमा हतियारधारी समूहले आफूमाथि गोली प्रहार गरी घाइते बनाएको प्रतिष्ठानमा उपचारार्थ जवान पौडेलले बताए।

 

सुरुमा आफूसँग भएको राइफल फायर खोलेर अभियुक्तलाई घाइते बनाइ पक्राउ गर्ने योजना बनाएको थियो।

 

‘उनीहरुको नजिकै रहेका स्थानीयलाई लाग्ने डरले फायर खोलिन, पौडेलले भने,’ त्यहि मौका छोपेर अपराधिले आफूमाथि गोली हाने। अपराधिले टाउको ताकेर हानेको गोली छलेपछि कम्मर र खुट्टामा लागेको उनले सुनाए।

 

गोली लागेर ढल्दाखेरी मर्छुजस्तो लागेको थियो साथीको सहयोगमा समयमै अस्पताल पुर्‍याएपछि बाँच्न सफल भएको छु, जवान पौडेलले रुँदै भने, ‘ बाचुन्जेल देश र जनताको सेवामा इमान्दारिताका साथ लाग्नेछु। हिम्मत हारेको छैन्। ‘

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...