राजीनामा दिन्नँ, महाअभियोग लगाए फेस गर्छु – जोशी



हाम्रो इकोनोमि

 

न्यायाधीश दीपकराज जोशीले राजीनामा नदिने बरु महाअभियोग प्रस्तावको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च अदालत फर्किएपछि नेकपाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।

 

सोही प्रयोजनका लागि नेकपाका सांसदहरूले बिहीवार हस्ताक्षरसमेत संकलन गरिसकेको स्रोतले जानकारी दियो ।

 

यसबीचमा नेकपाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न विशेष सूत्रमार्फत् जोशीलाई आग्रह गरेको थियो ।

 

जोशीले भने आफूले राजीनामा दिने कुनै मनस्थिति नबनाएको प्रतिक्रिया दिएका छन् ।

 

‘(महाअभियोग प्रस्ताव) नआई त के भन्न सकिन्छ र !’ राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा जोशीले लोकान्तरसँग भने– ‘त्यस्तो सोच छैन ।’

 

महाअभियोग प्रस्ताव दर्ता भइहाले त्यसलाई सामना गर्ने उनको प्रतिक्रिया छ । ‘के गर्ने त अब चुपो लागेर बस्नु भएन,’ जोशीले भने ।

 

यस सम्बन्धमा कसैसँग कुनै छलफल नभएको उनले बताए । ‘कसैले सोध्या भए पो छलफल गर्नु,’ जोशीको जवाफ छ ।

 

जोशीले राजीनामा नदिए आजै वा भोलिसम्ममा महाअभियोग प्रस्ताव दर्ता गर्ने नेकपाको तयारी छ ।

 

प्रतिनिधिसभामा कायम कूल सदस्य संख्याको एक चौथाइ सांसदको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ ।

 

गएको साउन १८ गते संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेको थियो ।

 

अस्वीकृत भएपछि लामो विदामा बसेका जोशी सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आएपछि भदौ २६ गतेदेखि काममा फर्किएका थिए ।

 

संविधानको धारा १०१ मा महाअभियोगसम्बन्धी व्यवस्था छ । संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेमा न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सकिन्छ ।

 

संसदको दुईतिहाइ बहुमतले न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...