प्रतिनिधिसभाका सबै विषयगत समितिमा सभापति निर्विरोध, क कस्को चम्कियो भाग्य



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरुको सभापतिको निर्वाचनका लागि १० जनाकै उमेदवारी परेको छ । बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश वटा विषयगत समितिका सभापतिका लागि १० जनाले उमेदवारी दिएका हुन् ।

 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उमेदवारी परेको छ ।

 

सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उमेदवारी परेको छ ।

 

त्यसैगरी शशि श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहालको अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा सभापतिको उमेदवारी परेको छ ।

 

सबै विषयगत समितिको सभापतिमा १–१ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनेछन् ।

शुक्रबार (भोलि) ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

 

शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । शपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण गर्ने पनि सचिव योगीले बताए ।

 

१० मध्ये ८ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीवास्तवले उमेदवारी दिएका छन् ।

 

शक्तिशाली मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले दिएका छन् । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको चयन यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...