घुससहित पक्राउ परेका कर्मचारीसँग मोटो रकम लिएर छोडेको खुलासा



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टीङ अप्रेसन’ का क्रममा घुससहित रंगेहात पक्राउ गरेका कर्मचारीहरू पनि विशेष अदालतबाट सफाइ पाउन थालेका छन् । अख्तियारले रंगेहात पक्राउ गरेकालाई प्रायः विशेष अदालतले सफाइ दिंदैनथ्यो । तर पछिल्लो समयमा रंगेहात समातिएकाहरूले पनि सफाइ पाउन थालेका छन् ।

 

डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहँदा तीन बर्षअघि ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका नायबसुब्बा पोष्टराज पोखरेल सहित तीन कर्मचारीले विशेष अदालतबाट हालै सफाइ पाएका छन् ।

 

२०७२ पुस १४ मा ५ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका नायबसुब्बात्रय पोष्टराज पोखरेल, मुकुन्दराज पाण्डे र एकनारायण अर्याल पक्राउ परेका थिए । कार्यालय सहयोगी लहरी कुमाल पनि पक्राउ परेकी थिइन् ।

 

तर रंगेहात पक्राउ परेकाहरूले सफाइ पाएर सबै पुनः आकर्षक र घुस खाने कार्यालयमै फर्किसकेका छन् । तिनैमध्येका एक हुन् नासु पोष्टराज पोखरेल । उनी २ महिनाअघि चावहिल मालपोत कार्यालयमा सरुवा भइसकेका छन् ।

 

काठमाडौं महानगरपालिका–८ गुहेश्वरीस्थित विभिन्न कित्ताहरूको १ सय ३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये वाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गा बाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल एकीन गरिपाउँ भनिदिएको निवेदन उपर नियमानुसार आवश्यक कारबाही नगरी उक्त जग्गाको क्षेत्रफल एकीन गर्न नापी शाखालाई लेखिपठाउने प्रयोजनको लागि

 

सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा डिल्लीवजारस्थित क्वालिटी फास्टफुड क्याफेबाट अख्तियारको टोलीले उनीहरूलाईनियन्त्रणमा लिएको थियो । तर ३ बर्ष नपुग्दै विशेष अदालतले उनीहरूलाई सफाइ दिइसकेको छ । र, सफाइ पाउनासाथ नासु पोष्टराज पोखरेल उपत्यकाको घुसखोरीमा बदनाम चावहिल मालपोत कार्यालयमा सरुवा भएका हु्न् ।

 

चावहिल मालपोत कार्यालयमा सरुवा भएका नासु पोखरेलले अदालतमा ठूलो रकम खर्च भएकाले त्यो उठाउनका लागि लेखापढी ब्यवसायीलाई कित्ताकाटको काम आफूमार्फत् सेटिङ गर्न निर्देशन दिने गरेको समाचार छ ।

 

भूमि ब्यवस्था मन्त्री पद्मा अर्यालयको निकट हुँ भन्दै उनले मालपोत कार्यालय चावहिलमा लेखापढी ब्यवसायीहरूलाई समेत भ्रम पार्दैआएका छन् । यद्यपि मन्त्री अर्यालको निजी सचिवालयले उनलाई मन्त्रीले चिन्दा पनि नचिन्ने जानकारी दिएको छ ।

 

सरकारले कित्ताकाटमा रोक लगाए पनि चावहिल मालपोत कार्यालय र नापी कार्यालयले आनाको ५० हजारदेखि १ लाख रुपैयाँ घुस लिंदै विगत एक बर्षमा हजारौं कित्ताकाट गरिसकेका छन् ।

 

उपत्यकाका मालपोत कार्यालयबाट एक बर्षको बीचमा (२०७४ साउन २६ देखि २०७५ साउन ३० सम्म)का बितरित भएका जग्गाधनी पूर्जा र त्यसका आधारमा भएका कित्ताकाट हेर्ने हो भने हजारौंको संख्यामा फेलापर्ने स्रोत बताउँछ ।

 

कित्ताकाट पहिलेकै मितिमा गरेको देखाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुमराहमा राख्ने काम मालपोत र नापी कार्यालयले गर्दैआएका छन् ।

 

तर ग्गाधनी पूर्जा जारी भएको मितिका आधारमा अख्तिनयारले खोजी गर्ने हो भने सरकारले निर्देशन विपरीत हजारौं कित्ताकाट गरी करोडौैं करोड घुसको कारोबार भएको पुष्टि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...