अख्तियार प्रमुखमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन



हाम्रो इकोनोमि

 

संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

 

बिहीवार सुनुवाइ पछि समितिले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

 

भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले दुइसाता अघि घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिश गरेको थियो ।

 

संसदीय सुनुवाई समितिको अनुमोदनपछि भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई प्रमुख आयुक्त नियुक्त गर्ने तयारी गर्नु भएको छ ।

 

को हुन घिमिरे ?

वि.सं. २०१२ साल भदौमा जन्मिएका घिमिरे काठमाडौंको सिफलका स्थायी बासिन्दा हुन् ।

 

जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका घिमिरे २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन् ।

 

निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका छन् ।

 

लामो समय गृह प्रसाशनमा काम गरेका घिमिरे काबिल प्रशासक मानिन्छन् । गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

सुरक्षा र प्रशासन क्षेत्रका विज्ञ घिमिरेले आफ्नो जीवनको ३५ वर्षभन्दा बढी समय प्रशासनिक क्षेत्रमा व्यतित गरेका छन् । घिमिरे सुप्रबल जनसेवाश्री पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...