गगनको जवाफले ओलीको ‘अरिंगाल’ बेपत्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली पूर्वएमालेभित्रको पनि एउटा गुटको नेता जस्तो देखिएको टिप्पणी गरेका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाताका क्रममा थापाले प्रधानमन्त्री ओली चरम अनुदारवादीका रुपमा आएको बताए ।

 

सरकारको विरोधीहरू ‘अरिंगाल’ झैँ खनिन भनेर ओली दिएको निर्देशनको जवाफमा कांग्रेस नेता थापाले चरम अनुदारवादी नेताको संज्ञा दिएका हुन् ।

 

‘प्रधानमन्त्री केपी ओलीज्यू पूर्वएमालेभित्रेको पनि आफ्नो गुटको नेता जस्तै अहिले पनि देखिनु भएको छ’, उनले भने, ‘उहाँमा चरम अनुदारवादी चरित्र छदै छ । प्रधानमन्त्री हुँदा बदलिनु पर्ने थियो । बदलिन सक्नु भएन ।’

 

कांग्रेसका युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई आफूले पूर्वएमालेभित्रको एउटा गुटको नेताबाट बल्न दिएको सुझाव स्मरण पनि गरे । ‘मैले तपाई देशको प्रधानमन्त्री हो भनेको थिए’, उनले भने, ‘उहाँले सुध्रिनु छाँटकाँट देखिनु भएन ।

 

उहाँ देशको प्रधानमन्त्री हो बोल्दा के हुन्छ विचार गर्नुपर्छ । अब उहाँ पूर्वएमालेको गुटको नेता होइन ।’

 

ओलीको अभिव्यक्तिले देशलाई सहमतिमा भन्दा पनि अराजकता र हिंसातिर लैजाने संकेत गरेको उनले आरोप लगाए । थापाले भने, ‘उहाँले बोल्ने यस्ता गुटका अभिव्यक्तिमा कांग्रेसले धेरै टिकाटिप्पणी गर्नु आवश्यक रहँदैन । ‘अरिंगाल’हरू आफै बेपत्ता हुन्मछन् ।’

 

.केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको कांग्रेस नेता थापाले आरोप लगाए । ‘निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेनन्’, उनले भने, ‘अपराधका तथ्यांक बढ्न थाल्यो । स्थिति भयावह हुँदै आएको छ ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...