गगनको जवाफले ओलीको ‘अरिंगाल’ बेपत्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली पूर्वएमालेभित्रको पनि एउटा गुटको नेता जस्तो देखिएको टिप्पणी गरेका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाताका क्रममा थापाले प्रधानमन्त्री ओली चरम अनुदारवादीका रुपमा आएको बताए ।

 

सरकारको विरोधीहरू ‘अरिंगाल’ झैँ खनिन भनेर ओली दिएको निर्देशनको जवाफमा कांग्रेस नेता थापाले चरम अनुदारवादी नेताको संज्ञा दिएका हुन् ।

 

‘प्रधानमन्त्री केपी ओलीज्यू पूर्वएमालेभित्रेको पनि आफ्नो गुटको नेता जस्तै अहिले पनि देखिनु भएको छ’, उनले भने, ‘उहाँमा चरम अनुदारवादी चरित्र छदै छ । प्रधानमन्त्री हुँदा बदलिनु पर्ने थियो । बदलिन सक्नु भएन ।’

 

कांग्रेसका युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई आफूले पूर्वएमालेभित्रको एउटा गुटको नेताबाट बल्न दिएको सुझाव स्मरण पनि गरे । ‘मैले तपाई देशको प्रधानमन्त्री हो भनेको थिए’, उनले भने, ‘उहाँले सुध्रिनु छाँटकाँट देखिनु भएन ।

 

उहाँ देशको प्रधानमन्त्री हो बोल्दा के हुन्छ विचार गर्नुपर्छ । अब उहाँ पूर्वएमालेको गुटको नेता होइन ।’

 

ओलीको अभिव्यक्तिले देशलाई सहमतिमा भन्दा पनि अराजकता र हिंसातिर लैजाने संकेत गरेको उनले आरोप लगाए । थापाले भने, ‘उहाँले बोल्ने यस्ता गुटका अभिव्यक्तिमा कांग्रेसले धेरै टिकाटिप्पणी गर्नु आवश्यक रहँदैन । ‘अरिंगाल’हरू आफै बेपत्ता हुन्मछन् ।’

 

.केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको कांग्रेस नेता थापाले आरोप लगाए । ‘निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेनन्’, उनले भने, ‘अपराधका तथ्यांक बढ्न थाल्यो । स्थिति भयावह हुँदै आएको छ ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...