ओली सरकार आएपछि भ्रष्टाचार बढ्यो : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

नेकपा अध्यक्ष केपी ओली सुशासनको नारासहित सरकारमा आए पनि भ्रष्टाचार भने रोकिनुको सट्टा बढिरहेको बताए । महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हक समेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाए ।

थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गरे । फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहको विचार व्यक्त गरे ।

‘त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौ’, थापाले भने, ‘हामी सांगठनिकरुपमा दीर्घकालसम्म एकता नभाँडिने तरिकाले एकता गछौं ।एकताका लागि काम शुरु भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...