ओली सरकार आएपछि भ्रष्टाचार बढ्यो : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

नेकपा अध्यक्ष केपी ओली सुशासनको नारासहित सरकारमा आए पनि भ्रष्टाचार भने रोकिनुको सट्टा बढिरहेको बताए । महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हक समेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाए ।

थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गरे । फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहको विचार व्यक्त गरे ।

‘त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौ’, थापाले भने, ‘हामी सांगठनिकरुपमा दीर्घकालसम्म एकता नभाँडिने तरिकाले एकता गछौं ।एकताका लागि काम शुरु भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...