प्रचण्डले के भने, एउटा समाचारले अनलाइन मालिकको प्रेसर हाई !



हाम्रो इकोनोमि

 

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बारेमा नेपालपानाले एउटा समाचार लेख्यो जुन समाचारले नेपाली समाजमा एउट तरङ्ग पैदा गरिदिएको छ ।

 

केहि अनलाइन माध्यमका मालिकहरुको निद्रा हराम गरिदिने नेपालपानाको समाचरलाई भ्रामक रहेको भन्दै चित्त समेत दुखाएका छन् । नेपालपानाले चीनियाँ राष्ट्रपतिले प्रचण्डलाई  समय छैन, स्वदेश फर्कनुस भनेपछि शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

 

तर, ती अनलाइन मिडियाका मालिक जो पहिले नेपालपानाको समाचार साभार गरेर काम चलाइ रहेका थिए, उनैले यो समाचारको खण्डन गर्दै भ्रामक समाचार भनेर प्रचण्डको चीन भ्रमण तालिका समेत राखेका छन् ।

 

उसो भए नेपालपइानाले भ्रामक समाचार नै हालेको हो त ? आम प्रश्न यहि हो सायद । तर, नेपालपानाले प्रकाशित गरेको समाचारमा सत्यता कति छ भनेर सायद भन्न त्यति जरुरी त छैन् । नेपालका अधिकांस मिडियाहरुले प्रचण्डको चीन भ्रमणको कार्यतालिकामा चिनियाँ राष्ट्रपतिलाई भेटवार्ता गर्ने कुरालाई प्राथमिकताका साथ उच्च महत्व दिएकै थिए ।

 

यसै सन्दर्भमा नेपालपानाले खोजी गर्यो,  आखिर प्रचण्डलाई चीनमा किन राष्ट्रपतिसंग भेट दिइएन भन्ने कुराको यसबारे पनि समाचार आई सकेको छ । अब बाँकी कुरा रह्यो, प्रचण्ड चीन भ्रमणमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन् । उसो त भारत भ्रमण समेत ‘द हिन्दुस्तान टाइम्स’को वार्षीक कार्यक्रममा न थियो ।

 

भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग लामो छलफल गरेर हाैसिएका प्रचण्डलाई चीनमा उपराष्ट्रपति संग मात्र भेटेर फर्किदा कस्तो महशुस बयो भन्ने कुरा उनको अन्तरहृदयले नै जान्ला सायद ।

 

प्रचण्डका एक्ला पुत्र स्व. प्रकाश दाहालले सुरु गरेको उक्त अनलाइनले धन्न त्यसको गुण आज प्रचण्डको दुखमा समेत सानै भएपनि भ्रामक समाचारको बिल्ला भिराएर उनको वचाउमा समाचार बनायो । जय ढोग, जय चाकडी !

 

प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई किन भेट्न सकेनन् ? आखिर उनको भेट किन असंभव भयो भन्ने समाचार माथि लिंकमा उपलब्ध भएकाले धेरै कुराहरु यहिबाट प्रष्ट हुनेछ ।

 

अनलाइन मिडियाको नाम खुलाउन आवश्यक नठानेकाले हामी उक्त अनलाइन संचार माध्यमको नाम उल्लेख गर्न असमर्थ छाैं ।

 

पेट्रोलियम पदार्थको अभाव सरकारको आयु छोट्याउने अस्त्र बन्दै, विपक्षी कांग्रेसले थाल्यो यस्तो तयारी

 

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध गरेका छन् ।

 

दशैंका तिहार जस्ता चाडपर्वका लागि सर्वसाधारणलाई अग्रिम टिकट बुकिङ खोल्न सरकारले निर्देशन दिइरहेका बेला सवारी चालक तथा ढुवानी व्यवसायीहरुले  पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध सिर्जना गरेका हुन् ।

 

 

मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरुले त्यसको संशोधनको माग राख्दै सवारी चलाएका छैनन् । सवारी चालकलाई समर्थन गर्दै पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थकोे ढुवानीमा अवरोध सिर्जना गरेका हुन् ।

 

चाडपर्वका लागि बिहीबार देखि अग्रिक टिकट बुकिङ सुरु हुने भएको थियो । तर, व्यवसायी र चालकहरुको विरोधले अग्रिम टिकट बुकिङमा समस्या सिर्जना हुने देखिएको छ ।

 

नेपाल आयल निगमका अनुसार आन्दोलित चालकहरुले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

 

निगमले विज्ञप्ति निकाल्दै ढुवानीमा अवरोध नपुर्याउन आग्रह गरेको छ र सम्झौताअनुसार ढुवानी नगरे सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको छ । ढुवानी व्यवसायीले गरेको अवरोधका कारण पेट्रोलियम पदार्थकोे समस्या सिर्जना हुने देखिएको छ ।

 

 

बुधबार धेरै जसो पेट्रोल पम्पमा पेट्रोल नभएको पम्प सञ्चालकहरुले बताएका छन् । यसअघिको ओली प्रधानमन्त्रीको कार्यकालमा भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थकोे अभाव भएको थियो ।

 

 

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यकालमा केही स्थानमा बस दुर्घटना हुँदा केपी ओलीले देउवा सरकारलाई ‘अलच्छिना सरकार ! बस दुर्घटना नभएको दिन छैन’ भन्ने अभिवयक्ति दिएका थिए । तर, पेट्रोलियम पदार्थकोे व्यवस्थापनमा भने उनको ध्यान जान सकेको छैन नेपालपानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...