प्रचण्डले के भने, एउटा समाचारले अनलाइन मालिकको प्रेसर हाई !
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बारेमा नेपालपानाले एउटा समाचार लेख्यो जुन समाचारले नेपाली समाजमा एउट तरङ्ग पैदा गरिदिएको छ ।
केहि अनलाइन माध्यमका मालिकहरुको निद्रा हराम गरिदिने नेपालपानाको समाचरलाई भ्रामक रहेको भन्दै चित्त समेत दुखाएका छन् । नेपालपानाले चीनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन, स्वदेश फर्कनुस भनेपछि शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
तर, ती अनलाइन मिडियाका मालिक जो पहिले नेपालपानाको समाचार साभार गरेर काम चलाइ रहेका थिए, उनैले यो समाचारको खण्डन गर्दै भ्रामक समाचार भनेर प्रचण्डको चीन भ्रमण तालिका समेत राखेका छन् ।
उसो भए नेपालपइानाले भ्रामक समाचार नै हालेको हो त ? आम प्रश्न यहि हो सायद । तर, नेपालपानाले प्रकाशित गरेको समाचारमा सत्यता कति छ भनेर सायद भन्न त्यति जरुरी त छैन् । नेपालका अधिकांस मिडियाहरुले प्रचण्डको चीन भ्रमणको कार्यतालिकामा चिनियाँ राष्ट्रपतिलाई भेटवार्ता गर्ने कुरालाई प्राथमिकताका साथ उच्च महत्व दिएकै थिए ।
यसै सन्दर्भमा नेपालपानाले खोजी गर्यो, आखिर प्रचण्डलाई चीनमा किन राष्ट्रपतिसंग भेट दिइएन भन्ने कुराको यसबारे पनि समाचार आई सकेको छ । अब बाँकी कुरा रह्यो, प्रचण्ड चीन भ्रमणमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन् । उसो त भारत भ्रमण समेत ‘द हिन्दुस्तान टाइम्स’को वार्षीक कार्यक्रममा न थियो ।
भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग लामो छलफल गरेर हाैसिएका प्रचण्डलाई चीनमा उपराष्ट्रपति संग मात्र भेटेर फर्किदा कस्तो महशुस बयो भन्ने कुरा उनको अन्तरहृदयले नै जान्ला सायद ।
प्रचण्डका एक्ला पुत्र स्व. प्रकाश दाहालले सुरु गरेको उक्त अनलाइनले धन्न त्यसको गुण आज प्रचण्डको दुखमा समेत सानै भएपनि भ्रामक समाचारको बिल्ला भिराएर उनको वचाउमा समाचार बनायो । जय ढोग, जय चाकडी !
प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई किन भेट्न सकेनन् ? आखिर उनको भेट किन असंभव भयो भन्ने समाचार माथि लिंकमा उपलब्ध भएकाले धेरै कुराहरु यहिबाट प्रष्ट हुनेछ ।
अनलाइन मिडियाको नाम खुलाउन आवश्यक नठानेकाले हामी उक्त अनलाइन संचार माध्यमको नाम उल्लेख गर्न असमर्थ छाैं ।
पेट्रोलियम पदार्थको अभाव सरकारको आयु छोट्याउने अस्त्र बन्दै, विपक्षी कांग्रेसले थाल्यो यस्तो तयारी
पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ढुवानीकर्ताहरुले पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध गरेका छन् ।
दशैंका तिहार जस्ता चाडपर्वका लागि सर्वसाधारणलाई अग्रिम टिकट बुकिङ खोल्न सरकारले निर्देशन दिइरहेका बेला सवारी चालक तथा ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध सिर्जना गरेका हुन् ।
मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरुले त्यसको संशोधनको माग राख्दै सवारी चलाएका छैनन् । सवारी चालकलाई समर्थन गर्दै पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थकोे ढुवानीमा अवरोध सिर्जना गरेका हुन् ।
चाडपर्वका लागि बिहीबार देखि अग्रिक टिकट बुकिङ सुरु हुने भएको थियो । तर, व्यवसायी र चालकहरुको विरोधले अग्रिम टिकट बुकिङमा समस्या सिर्जना हुने देखिएको छ ।
नेपाल आयल निगमका अनुसार आन्दोलित चालकहरुले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।
निगमले विज्ञप्ति निकाल्दै ढुवानीमा अवरोध नपुर्याउन आग्रह गरेको छ र सम्झौताअनुसार ढुवानी नगरे सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको छ । ढुवानी व्यवसायीले गरेको अवरोधका कारण पेट्रोलियम पदार्थकोे समस्या सिर्जना हुने देखिएको छ ।
बुधबार धेरै जसो पेट्रोल पम्पमा पेट्रोल नभएको पम्प सञ्चालकहरुले बताएका छन् । यसअघिको ओली प्रधानमन्त्रीको कार्यकालमा भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थकोे अभाव भएको थियो ।
यसअघि शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यकालमा केही स्थानमा बस दुर्घटना हुँदा केपी ओलीले देउवा सरकारलाई ‘अलच्छिना सरकार ! बस दुर्घटना नभएको दिन छैन’ भन्ने अभिवयक्ति दिएका थिए । तर, पेट्रोलियम पदार्थकोे व्यवस्थापनमा भने उनको ध्यान जान सकेको छैन नेपालपानाले जनाएको छ ।