यसकारण भईरहेको छैन नेकपाको बाँकी एकता ?



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण भ्रमण अघि बसेको सचिवालय बैठकले एकताबारे निर्णय लिने अधिकार २ अध्यक्षलाई दिएको भएपनि दुई अध्यक्षबिच आवश्यक होमवर्क हुन नसकेको नेकपाका नेताहरु बताउँछन् ।

दुई अध्यक्षलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको भएपनि धेरै एकता कार्यदलहरुहरुले आफ्नो कामको प्रतिवेदनसमेत केन्द्रमा बुझाउन सकेका छैनन् । पार्टी अन्तर्गत १ र २ नं. प्रदेशको प्रतिवेदन बुझाइएको छैन भने धेरैजसो जनवर्गिय संगठनहरुको प्रतिवेदन समेत आएको छैन ।

एकताका लागी गठित कार्यदलको प्रतिवेदन नहेरिकन दुई अध्यक्षले समेत निर्णय गर्ने अवस्था नभएको नेकपाका नेता बताउँछन् ।

अर्कोतिर पूर्व एमाले र माओवादी केन्द्रका पूर्व समुहहरुबिच समेत कैंयन सिफारिशहरुमा विमति रहेकाले दुई अध्यक्षहरुलाई निर्णय लिन सजिलो अवस्था छैन ।

एकतामा आएको ढिलाईका कारण पार्टी कामहरु ठप्प जस्तै छन् भने सरकारमा पनि गतिशिलता आउन सकिरहेको छैन ।

साताव्यपी चीन भ्रमणबाट अध्यक्ष प्रचण्ड फर्किएलगत्तै अर्थात अशोज ६ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्कने छन् । उनी अशोजको १६ गते फर्कने कार्यक्रम रहेको उनको सचिवालय बताउँछ ।

पार्टी अध्यक्ष अमेरिका भ्रमणमा जाने भएपछि नेकपाका बाँकी एकता दशैं आसपास वा दशै पछिका लागी धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...