यसकारण भईरहेको छैन नेकपाको बाँकी एकता ?



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण भ्रमण अघि बसेको सचिवालय बैठकले एकताबारे निर्णय लिने अधिकार २ अध्यक्षलाई दिएको भएपनि दुई अध्यक्षबिच आवश्यक होमवर्क हुन नसकेको नेकपाका नेताहरु बताउँछन् ।

दुई अध्यक्षलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको भएपनि धेरै एकता कार्यदलहरुहरुले आफ्नो कामको प्रतिवेदनसमेत केन्द्रमा बुझाउन सकेका छैनन् । पार्टी अन्तर्गत १ र २ नं. प्रदेशको प्रतिवेदन बुझाइएको छैन भने धेरैजसो जनवर्गिय संगठनहरुको प्रतिवेदन समेत आएको छैन ।

एकताका लागी गठित कार्यदलको प्रतिवेदन नहेरिकन दुई अध्यक्षले समेत निर्णय गर्ने अवस्था नभएको नेकपाका नेता बताउँछन् ।

अर्कोतिर पूर्व एमाले र माओवादी केन्द्रका पूर्व समुहहरुबिच समेत कैंयन सिफारिशहरुमा विमति रहेकाले दुई अध्यक्षहरुलाई निर्णय लिन सजिलो अवस्था छैन ।

एकतामा आएको ढिलाईका कारण पार्टी कामहरु ठप्प जस्तै छन् भने सरकारमा पनि गतिशिलता आउन सकिरहेको छैन ।

साताव्यपी चीन भ्रमणबाट अध्यक्ष प्रचण्ड फर्किएलगत्तै अर्थात अशोज ६ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्कने छन् । उनी अशोजको १६ गते फर्कने कार्यक्रम रहेको उनको सचिवालय बताउँछ ।

पार्टी अध्यक्ष अमेरिका भ्रमणमा जाने भएपछि नेकपाका बाँकी एकता दशैं आसपास वा दशै पछिका लागी धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...