लेखा समितिको सभापतिमा पूर्व अर्थराज्यमन्त्री शाह निश्चित



हाम्रो इकोनोमि

पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाह प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको सभापति बन्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शाहलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

दलहरुबीचको सहमति अनुसार समितिमा शाहको मात्र एकल उम्मेद्वारी पर्न लागेको हो। सभापति चयनका लागि आज मनोनयन दर्ता हुदैँछ।

शाह २०५६ साल यता तेश्रो पटक उनी सांसद बनेका हुन्। उनले लगातार लेखा समिति रोज्दै आएका छन्। शाह २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए।

२०२७ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाहले त्रिभुवन विश्वविद्यालयमा २०३८ सालमा एमबिए गरेका छन्।

संसदमा लेखा समितिको सभापति प्रतिपक्षले नेतृत्व गर्ने परम्परा छ। पहिलो संविधानसभामा माधवकुमार नेपाल नेतृत्व सरकारमा सत्ता साझेदार रहँदा कांग्रेसले लेखा समिति आफैँले राखेको थियो। कांग्रेसबाट रामकृष्ण यादव सभापति भएका थिए। उनले राजीनामा दिएनन्।

त्यस्तै तत्कालिन माओवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला आफ्नै सांसद डोरप्रसाद उपाध्यायलाई सभापति बनाएको थियो।

सरकारले गर्ने खर्च र महालेखा परिक्षकको प्रतिवेदन हेर्ने मुख्य कार्य लेखा समितिको हो।

शाह रुपन्देही – ५ बाट संसदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...