निवर्तमान सेनापति राजेन्द्र क्षत्रीबारे छानबिन गर्न माग



हाम्रो इकोनोमि

 

 

संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना  समेत गर्दै  त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे ।  सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा  धेरै किमिसमा अप्ठ्यारा र  समस्या आउन सक्छन् ।’

यस्तै उनले नेपाल वायुसेवा निगमले गरेको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै  यसविषयमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुनुपर्ने बताए ।

दोस्रो निजगढ विमानस्थल निर्माणमा डीपीआर नै तयार नगरी हचुवाको भरमा रुख काट्न लागिएकोप्रति पनि उनकाे आपत्ति थियाे

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...