किन पत्याएन चीनले प्रचण्डलाई ?, आफै झस्किए 



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने चीन भ्रमण गरी फर्किएका छन् ।

 

उनी यसपटक भारत र चीन भ्रमणमा गएका हुन् । पहिले भारत र त्यसपछि चीन । बुधबार राति चीनबाट फर्केका प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

 

तर उनको चार दिने भ्रमण निकै कष्टपूर्ण रहेको प्रचण्ड निकट स्रोत बताउँछ । हुनत बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे ।

 

उनले त्यो दाबी गरिरहँदा कुनै खुशीको मुद्रा भने थिएन । यसपटक चीनले उनलाई नपत्याएको बुझिन्छ ।

 

भ्रमणका क्रममा प्रचण्डले चीनका उपराष्ट्रपति, विदेश विभागका उपमन्त्री लगायतसंग भेट गरे । चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल गरे ।

 

किन पत्याएन चीनले ? 
प्रचण्डले चीनको भ्रमण गर्नुपूर्व भारतको भ्रमण गरेका थिए । उनले यो भ्रमण नेकपाको हितको भन्दा पनि आफ्नो हितका लागि गरेका हुन् ।

 

यसको जानकारी चीनलाई भयो । प्रचण्ड चीन जानुपूर्व नै नेपालमा भएका चिनियाँ सूत्रहरुले चीनको उच्चतहलाई जानकारी गराइसकेको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण प्रचण्डले जुनसुकै बेलामा सत्ता सम्हाल्नुपर्ने हुन सक्ने बताइन्छ । तसर्थ माहोल बनाउन उनी भारत र चीन गएका हुन् ।

 

तर पहिले भारत गएर हरियो झण्डा लिएर फर्केका प्रचण्डप्रति चीनले थोरै भए पनि बैरभाव गरेको पाइएको छ ।

 

ओलीको चीन भ्रमण पनि त्यति सुखमय हुन सकेको थिएन । प्रचण्डको त ओलीको जति छेउँटुप्पो पनि छोएन ।

 

प्रचण्डको भारत झुकाइप्रति नै चीन प्रचण्डसंग विश्वस्त हुन सकेन । ओलीलाई पनि त्यही व्यवहार गरेको थियो । चीनसंग हामी कम्युनिष्टहरु भन्ने अनि भारतसंग झुक्ने प्रवृत्ति चीनलाई मन परेको छैन ।

 

नेकपा एकता गर्न सबैभन्दा बढी भूमिका खेलेको चीनलाई नै नेकपाले खासै आदर सद्भाव नराखेको चीनको निष्कर्ष छ ।

 

चीनले विकासका लागि काम गर्न खोज्दा पनि नेकपाका नेताहरु गलत प्रचारप्रसार गर्नमा उद्दत रहेको नेपालस्थित चिनियाँ दूतावास स्रोत बताउँछ ।

 

प्रचण्ड आफै झस्किए 
प्रचण्ड यसपटक आफै झस्किएका छन् । उनलाई चीनले यो किसिमको व्यवहार गर्ला भन्ने सोचेका पनि थिएनन् ।

 

यसको दोष चीनस्थित नेपाली दूतावासको पनि हो । हुनत राजदूत लिलामणि पौड्याल प्रचण्डलाई भेट आधा बाटोमै आएका थिए ।

 

प्रचण्डले भने भ्रमणको पूरा जानकारी गराएका थिएनन् । पहल गर्ने औचित्य पनि ठानेनन् । उच्चतहसंग समय लिन आग्रह पनि गरेनन् ।

 

त्यसैले प्रचण्ड छत्रिए । उनी झस्किए । यसपटक प्रचण्ड हैसियत बोकेर फर्किएको विष्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...