मुलुकी संहिताको विरोध गर्दै मजदुरको आन्दोलन, देशभरका सार्वजनिक यातायात बन्द



हाम्रो इकोनोमि

 

 

सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

 

3नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको विरोधमा यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।

 

कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।

 

दाङमा टिकट काउन्टर खुल्यो, तर चलानी भएन

 

दाङमा यायातात समितिको टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।

 

सधैं व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाङ खण्ड सुनसान छ । यातायात मजदुरहरुले भालुबाङमा गाडीहरुलाई रोक्ने गरेको स्थानीय बताउँछन् ।

 

तर, प्रहरी प्रशासनले गाडी सञ्चालनमा कुनै पहल नगरेको पत्रकार दशरथ घिमिरेले बताए । ‘गाडी नचलेको तीन दिन भइसक्यो तर स्थानीय प्रशासनले अहिलेसम्म कसैसँग छलफल, वार्ता गरेर गाडी चलाउने पहल गरेको छैन,’ घिमिरेले भने ।

 

आन्दोलन जारी, अगुवा अज्ञात

 

कैलालीबाट पनि लामो तथा छोटा दुरीका सवारी साधन चलेका छैनन् । स्थानीय प्रशासनले गाडी चलाउने विषयमा पहल गरेको छैन । बसहरु बसपार्कमा पार्किङ गरेर राखिएको छ तर गाडी चालकहरु कोही पनि सम्पर्कमा छैनन् ।

 

बिहीबार बिहान सुदूरपश्चिम यातायात व्यवसायी संघले सरोकारवालालाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्किएको अनलाइखबरकर्मी दीपक उपाध्यायले जानकारी दिए ।

 

बर्दिबासमा टेन्ट राखेर अवरोध

 

पूर्व क्षेत्रमा पनि सार्वजनिक गाडी नचलेको तीन दिन भइसकेको छ । चालकहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा टेन्ट गाडेर ठूला सवारी साधनहरुलाई रोक्ने गरेका छन् । धनुषाको जनकपुर क्षेत्रमा बसपार्कमा गाडीहरु थन्काइएका छन् ।

 

पूर्वी तराईलाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, बर्दिवास–औरही–जलेश्वर, जनकपुर–जलेश्वर सबै खण्डमा सार्वजनिक यातायातका साधन ठप्प छन् ।

 

विराटनगरमा भने चालकको आन्दोलनको प्रभाव खासै परेको छैन । विगतमा भन्दा कम सवारी चले पनि जनजीवन भने प्रभावित नभएको त्यहाँबाट अनलाइखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...