ठेकेदारको चुनावः गुण्डानाइकेका पार्टनरदेखि कालोसूचीका व्यापारीसम्म



हाम्रो इकोनोमि

 

 

नेपाल निर्माण ब्यवसायी महासंघको ११ औं महाधिवेशनमा पहिले झैं यो पटक पनि विवादास्पद ठेकेदारहरु नै हावी हुने भएका छन् । असोज ४, ५ र ६ गते काठमाडौंमा हुने निर्वाचनमा नेपाली काँग्रेस निकट मानिएका ५ जना ब्यवसायीले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 

उनीहरुलाई मिलाउन नसकेको खण्डमा बामगठबन्धनका एक्ला उम्मेदवारको जित सुनिश्चित हुने देखिन्छ । अहिलेसम्म अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

 

यसरी घोषणा गर्नेमा बर्तमान अध्यक्ष विष्णुभाई श्रेष्ठ (विशाल एण्ड विराट), पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन (यूनाईटेड विल्डर्स), रामशरण देउजा, यक्षध्वज कार्की (स्काई विल्डर्स), रवि सिंह (महादेव खिम्ती) र होमनाथ कोइराला (विकोई विल्डर्स) रहेका छन् ।

 

जसमध्ये सिंह, कार्की, कोइराला र देउजाले एकैपटक पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । यक्षध्वज कार्कीबाहेक सबै ब्यवसायी नेपाली काँगे्रसनिकट हुन् ।

कार्कीलाई नेकपाले अघि सारेको छ । कालोसूचीमा परेका हिराचन विवादास्पद ठेकेदार हुन् ।

 

त्यसैगरी, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ का पार्टनर ठेकेदार दीपक गौतमले नेपाल निर्माण व्यवसायी महासंघको ११औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । ठेकेदार गौतमको गजुरमुखी कम्पनी निकै विवादास्पद मानिन्छ । गजुरमुखी कम्पनीलाई गृह मन्त्रालयले कारबाहीको सूचीमा राखेको थियो ।

 

 

विगतमा ठेकेदार गौतमले गुण्डा नाइके कुमार घैंटेलाई प्रयोग गरेर टेण्डर हत्याउने गरेको खबर सार्वजनिक भएको थियो । गौतमले अर्का साझेदर सन्तोष गौतमलाई पनि ठेक्का हत्याउन प्रयोग गरेको समाचार बाहिर आएको थियो । स्रोतका अनुसार सन्तोष गौतम संघका पूर्वअध्यक्ष शरद गौचन हत्यामा मुछिएका शंकास्पद पात्र हुन् ।

 

 

सन्तोष र गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतबीच पटक–पटक कुराकानी भएको तथ्य प्रहरीले फेला पारेको थियो । गौतमले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट सेटिङमा दस अर्ब भन्दा बढीको ठेक्का लिन सफल भएपछि पैसाकै बलमा चुनाव जित्ने दाउमा छन् ।

 

गौतमको समूहलाई काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदिश नरसिंह केसीको संरक्षण रहेको छ, बिहीबारको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

 

 

गुण्डानाइके श्रेष्ठसँगको लेनदेन विवाद चलिरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घैंटेलाई इन्काउण्टर गरेको थियो । मिलेमतोमा ठेक्का लिनेमात्र नभई गुण्डा, प्रहरी र प्रशासनलाई समेत मिलाउने उनले ठेक्का हात पार्दै आएको खबर यसअघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेका छन् ।

 

हाल सदस्य पदमा रहेका ठेकेदार गौतमले एकैपटक विना छलफल एउटा क्लबमा पुगेर महासचिवमा उम्मेदवारी दिएपछि महासंघमा आवद्ध अन्य पदाधिकारी भने निकै रुष्ट बनेका छन् । उनै ठेकेदार गौतमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत् अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसका लागि आफूले उम्मेदवारी दिएको बताए ।

 

बाहिर हेर्दा इमान्दार देखिने गौतम ठेक्का कार्टेलिङको सूत्राधार नै हुन् । गौतमले नै रेल वे विभागको पहिलो ठेक्का (बर्दिबास खण्ड) कार्टेलिङ गरेर सीमित ब्यवसायीलाई मात्र ठेक्का दिलाएका थिए ।

 

८ प्याकेजमा लिएको उक्त काम करिब ४ अर्ब बराबरको थियो । त्यसैगरी, अहिले पनि इलाम, झापा, जनकपुर, नेपालगञ्ज, बीरगञ्ज, विराटनगरका शहरी सडकहरुका काम स–साना प्याकेजमा बनाएर आफूअनुकूल उनले काम लिन सफल भएका ब्यवसायीबीच चर्चा छ ।

 

नेपाल प्रहरीले ठेकेदारहरुका कारण पनि गुण्डागर्दी बढेको आरोप लगाउँदै आएको छ । ठेक्कापट्टामा गुण्डाहरुलाई अनाधिकृत रुपमा प्रवेश गराएकै कारण ब्यवसायी गौचनको हत्या भएको प्रहरीको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...