प्रचण्डले १ बर्षमा ८ सय घण्टा सैनिक हेलिकप्टर किन चढे, यस्तो छ कारण



 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सेनालार्इ समेत प्रभावमा पारेर पछिल्लाे समयमा करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेर लैजाने गरेकाे सैनिक जनसम्पर्क निर्देशनालय स्राेतले खुलासा गरेकाे छ।

 

त्यस्तै सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले समेत जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्षकाे अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् ।

 

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६/ ७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो ।

 

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

 

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ ।

 

केही समय अघि प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर पार्टी कार्यक्रममा सहभागी हुन राजनीतिक पावरको प्रयोग गरेको स्रोतका भनार्इ छ।

 

पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रचण्डले निजी कम्पनीको हेलिकप्टर नचढेर सेनाको हेलिकप्टर चढेको विषयमा प्रश्न उठेकाे थियाे। स्राेतका अनुसार प्रम अाेलीले राजनीतिक पावरकाे अाडमा कसैलार्इ पनि कुनैपनि प्रकारकाे गतिविधि गर्न निर्देशन दिएका छन्।

 

संविधान दिवसको बिरोध गर्ने प्रदेश २ सरकारको बर्खास्ती र गृहमन्त्रीको राजीनामा नआए नेकपामा भुकम्प जान्छ भीम रावल

 

प्रदेश २ सरकारलाई तत्काल बर्खास्त गर्नु पर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले कडा आलोचना गरेका छन् ।

 

 

सरकारमा सत्तासिन दलले संविधानको अवमुल्यन गर्नु गम्भीर अपराध भएको भन्दै नेता रावलले प्रदेश सरकारलाई वर्खास्त गर्नुको कुनै विकल्प नरहेको जनाएका छन् ।

 

 

देशैभर संविधान दिवसको हर्ष उल्लास मनाइरहेको ओली सरकारलाई सिके राउतले चुनौती दिएका छन् । जनकपुरधामको मुख्य चोकमा हजारौं कार्यकर्ताका माझ राउतले झण्डै २० मिनेट भाषण गरेर एकाएक गायब भएका हुन् ।

 

 

सयौंको संख्यामा हतियार सहित तैनाथ रहेको नेपाल प्रहरीलाई चक्मा दिन सफल राउतले सरकारलाई ठाडो चुनौती दिदै देशमा नरसंहार हुन सक्ने चेतावनी समेत दिएका छन् ।

 

 

यस्तै, प्रदेश २ सरकारले समेत संविधान दिवस वृक्षरोपण गरेर मनाउने भन्दै आैपचारीक निर्णय गरेको अवस्थामा प्रदेश सरकारका मन्त्रीहरु समेत संविधान दिवसमा उपस्थित नभएर सिङ्गो मुलुकको बेइज्जत गरेको भन्दै सत्तारुढ दलमा रडाको मच्चेको स्रोतको दावी छ ।

 

 

नेकपाका नेता भीम रावलले प्रदेश २  सरकारको रवैया प्रति कडा टिप्पणी गर्दै संघिय सरकारले प्रदेश सरकारलाई वर्खास्त गर्नु पर्ने भन्दै प्रधानमन्त्री आेलीलाई सुझाव दिएका छन् । रावलले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई समेत फोन सम्पर्क गरेर संविधान दिवसका उपस्थित नहुनुको कारण माग गरेको स्रोतको दावी छ ।

 

 

नेकपामा नेता रावललेसंघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समेत यसबारे कदम चाल्न सत्ता मोह त्याग्न सकनु पर्ने भन्दै फोरमको शैलीप्रति कडा आपत्ति जनाएका छन् । तर, पछिल्लो समय मन्त्री पण्डित समेत विवादीत कार्यमा संलग्न रहेको भन्दै उनको विकल्प समेत खोजिनुपर्ने मत रावलको रहेको स्रोतको दावी छ ।

 

 

सस्रोतका अनुसार, गृहमन्त्री बादलको असक्षमता छर्लङगै भएको भन्दै नेता रावलले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

 

गृहमन्त्रीले तराईमा हिंसामा संलग्न रहेको सिके राउत समुहले सार्वजनिक स्थल तथा जनकपुरधामको मुख्य चोकमा कार्यक्रम गरेर सिके राउतले नै ढ‍भाषण गर्दा सम्म प्रहरी मुखदर्शक बनेकाले नैतिकताका आधारमा उनको राजीनामा स्वत: आउने समेत नेपालपानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र