अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् ।

 

संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो ।

 

समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ ।

 

यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर घिमिरे भने निर्विवाद देखिएका छन् । उनी ०७१ मा आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

 

सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । घिमिरेविरुद्ध कुनै उजुरी नपरेको र विवादसमेत नदेखिएकाले उनको नाम पारित हुने लगभग पक्कापक्की जस्तै छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...