विक्रम चन्द विप्लवले गरे जन सरकारको घोषणा



हाम्रो इकोनोमि

 

 

 संविधानको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ ।

 

२०७२ साल असोज ३ गते घोषणा गरेको संविधान जनताको हितमा नरहेको भन्दै लामो समयदेखि संघर्षरत विप्लव समूहले संविधान दिवसकै दिन लम्कीचुहा नगरपालिकामा एक भब्य कार्यक्रमको आयोजना गरी जन सरकारको घोषणा गरेको हो ।

 

पार्टिका सक्रिय कार्यकर्ता “विकास” को नेतृत्वमा १३ सदस्यीय लम्कीचुहा नगर स्तरीय जन सरकारको गठन गरी घोषणा गरेको बताइएको छ ।

नवगठित स्थानीय जन–सरकारले जनताको हितमा स्थानिय सरकारको काम गर्ने स्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार पार्टीको देशब्यापी कार्यक्रम अन्तर्गत संगठन विस्तारको क्रममा कैलाली जिल्लाको ऐरिया नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा पार्टीले गर्ने आन्तरिक रणनिति तय गर्नुका साथै जनपक्षीय काममा लाग्न आफ्ना कार्यक्रतालाई निर्देशन समेत दिइएको थियो ।

 

एरिया नम्बर ६ का सेक्रेटरी भावुकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी एरिया ६ का इञ्चार्ज विकल्प रहेका थिए ।

 

करीब ३ सय बढी नेता तथा कार्यक्रताका साथै स्थानीयको सहभागिता रहेको भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको जनन्यायालय कैलालीका प्रमुख सेवक, महिला नेत्री विनिता, अखिल नेपाल शिक्षकका मोतिराम जैशी, संयुक्त उद्योग ब्यापार महासंघका जनक सिंह लगायतले बोलेका थिए ।

 

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एरिया नम्बर ६ का ईञ्चार्ज विकल्पले यो संविधानले जनताको हितमा काम गर्न नसक्ने बताए ।

देशमा वैज्ञानिक समाजबादको आवश्यकता रहेकाले सबै नागरिक एक जुट भएर लाग्न समेत आग्रह गरे ।

 

कार्यक्रममा बोल्दै स्थानीय गोपाल केसीले सर्बहारा वर्गको हितको लागि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको देशमा आवश्यकता औल्याउँदै आन्दोलनमा सबैले साथ दिन समेत आग्रह गरेका स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...