संविधान दिवसमा कांग्रेसले भन्योः सरकारले संघीयता अलोकप्रिय बनायो



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ ।

संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाए । ‘ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संघीयतासहितको संविधान बनेर तीन तहका सरकार गठन भएपनि केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको र प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ ।

कर्णाली र गण्डकी प्रदेश बाहेक अन्य पाँचवटा प्रदेशको नामाकरण र राजधानीको टुंगो नलागेको र त्यसप्रति गम्भीरतापूर्वक विषय प्रबेश नै नगराइएको कांग्रेसको आरोप छ ।

सरकार संविधान पालना र संविधानप्रति अपनत्व विस्तारमा चुकेको, कांग्रेसको आरोप छ । यस्तै संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...