किन गरे यी दुई र्‍यापरले एक अर्कालाई हानाहान



हाम्रो इकोनोमि

 

 

र्‍यापर कार्डी बी र निकी मिनाजबीच हात हालाहाल भएको खबरले दुनियाभर हंगामा मच्चाएको छ । इन्टरनेसनल हिप हप आर्टिस्ट कार्डी बी र निकी मिनाजबीच भएको घम्साघम्सी जुत्ता हानाहानसम्म पुगेको थियो ।

गत शुक्रबार धमाकेदार माहोल र क्यामेराको बीच एक अनौठो घटना भयो । समारोह थियो, हार्पर्स बाजार आइकन्स फेसन विक पार्टीको । त्यहाँ दुवै गायिकाबीच हेर्दाहेदै भिडन्त सुरु भयो । सेलिब्रिटीले भरिभराउ समारोहमा अचानक घम्साघम्सी सुरु भयो । कार्डी बीले अफ्नो जुत्ता फुकालेर निकी मिनाजलाई हिर्काइन् ।

उक्त समयमा त्यहाँ पार्टी चलिरहेको थियो । दर्शक क्रिस्टिनाको परफरमेन्सको पर्खाइमा थिए । त्यति बेला निकी केली रल्यान्ड र ला ला एन्थनीसँग फोटो खिचाउँदै थिइन् । निकीको आँखामा चोेट लागेको छ ।

यो भिडियो पछिल्लो समय इन्टरनेटमा भाइरल भएको छ । यसमा कार्डी बी रातो पहिरनमा छिन् । भिडियोमा उनी गायिका निकी मिनाजमाथि जुत्ता हान्दै गरेको देखिन्छिन् । उनको यो कार्यपछि त्यहाँ हंगामा मच्चिएको थियो । सेक्युरिटी गार्ड आफ्नाआफ्ना स्टारको सुरक्षार्थ दौडिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...