यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ



हाम्रो इकोनोमि

 

 

सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु असोज १ गते र उनका बाबु तेजबहादुर लिम्बु भदौ ३१ गते पक्राउ परेका हुन् ।

 

गत भदौ २१ गते दिउँसो छोरा सुमनले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसीनाथ रेग्मीले बताए ।

 

नयाँ मुलुकी संहिता अनुसार सार्वजनिक स्थलमा यौनाङ्क देखाउनेलाई १० वर्षभन्दा माथीका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

 

यसैबीच जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका मैवाखोला गाउँपालिका–५ का कमल लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

भदौ ४ गते १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भदौ ६ गते पक्राउ परेका २३ वर्षीय लिम्बुलाई अदालतले मंगलबार उक्त आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...