गृहमन्त्रीले यसरी खोले विप्लव र प्रकाण्डको चन्दा डायरी, कसले कति दिए चन्दा ?(सूचिसहित)
निर्मला बलात्कारपछि हत्या घटनामा एकपछि अर्काे प्रहरी निलम्बन परिरहेका सोमबार दिउँसो रक्षा मन्त्रालयका सुरक्षा परिषदको बैठक बस्यो ।
निर्मला हत्या प्रकरणले सिंहदरवार हल्लीरहेका बेला बसेको सुरक्षा परिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेता, मन्त्री र ब्यापारीका घरमा बम पड्कियपछि थाहा हुन्छ’ भन्दै कडकिए । उनको आक्रोस निर्मला हत्याप्रकरणसँग भन्दा पनि बिप्लव नेतृत्वको नेकपाप्रति लक्षित थियो ।
‘न्यायधिश श्रीमानहरुले तथ्य नै नबुझि कानुनको जथाभावि ब्याख्या गर्दै सरकारलाई अप्ठेरो पारिरहनुभएको छ । तर सत्य के हो भने केही दिनपछि नेता, मन्त्रि र ब्यापारिका घरमा बम पड्किन सक्छन् त्यसको जिम्मेवारी सरकारले लिने हो श्रीमानहरुले होइन’ गृहमन्त्री थापाले विप्लव समुहका नेताहरुलाई छोड्न अदालतले धमाधम आदेश दिन थालेपछि आक्रोस पोखेका हुन् ।
विप्लव नेतृत्वका प्रभावशाली नेताहरु धमाधम पक्राउ परिरहेका छन् । अदालतले पनि धमाधम रिहाई गर्न आदेश दिइरहेको छ । गृहमन्त्री थापाले अदालतको आक्रोस सुरक्षा परिषदको बैठकमा पोखे । उनले विप्लव नेतृत्वका नेकपाले को बाट कति रकम उठायो ? त्यसको विवरण पनि सुरक्षा परिषदमा सुनाए ।
को–कोले कति दिए चन्दा ?
विप्लव नेतृत्वको नेकपाले एक लाखदेखि एक करोडसम्म चन्दा उठाएको तथ्य र विवरण सुरक्षा परिषदको बैठकमा गृहमन्त्री थापाले राखे । जनआस्थाका अनुसार दुई दर्जन ब्यक्तिबाट विप्लव नेतृत्वको नेकपाले करोडौ रकम चन्दा उठाइसकेको छ ।
चन्दा स्वच्छिक नभई जवरजस्ती भएको ठहर गृहमन्त्रालयले गरेको छ । पक्राउ परेका नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माको डायरीमा ब्यापारी र ठेकेदार मार्फत लिइएको चन्दाको सूचि भेटिएको गृहले दावी गरेको छ ।
राजेश खड्काको जेम्स स्कूल – २० लाख
काठमाडौं मेडिकल कलेज – १५ लाख
प्रसादी एकेडेमी – १० लाख
गीता रानाको ग्यालेन्सी स्कूल – १५ लाख
पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ– ५ लाख
अमर रायमाझी –५ लाख
नाइटिंगेल स्कूल –५ लाख
हेली एभरेन्ट –१० लाख
निर्माण ब्यवसायी जयराज लामिछाने – १० लाख
सेभेन समिट टुर्स एण्ड ट्राभल्स – ५ लाख
औषधी ब्यवसायी विशाल पण्डित – ५ लाख
सुरेन्द्रसिंह –१ करोड
ग्लोवल बैंक –२० लाख
नोवेल मेडिकल कलेज –१५ लाख
रामबहादुर धिताल –१ लाख
क्यासिनो किङ किशोर सिलवाल –१ करोड
यूनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठ –२५ लाख
म्यानपावर ब्यवसायी रघु पुरी –१५ लाख
सुरेन्द्र अधिकारी –१० लाख
शिवम् सिमेन्ट –१५ लाख
मारुति सिमेन्ट –५ लाख
अनिल अग्रवाल –५ लाख
सोनापुर सिमेन्ट –३ लाख
घोराही सिमेन्ट –५ लाख
एनवी ग्रुप –३ लाख
गोल्छा अर्गनाइजेशन –३ लाख
बुटवल पावर कम्पनी –१ लाख
ऋद्धिसिद्धि ज्वलैर्स –१ लाख
सुवास श्रेष्ठ –१ लाख
निष्टका माधव बराल –५ लाख
डाक्टर कनौडिया –१ लाख
सिर्जना राणा –१ लाख
रामेश्वर अर्याल –१ लाख
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवक्रिणम राणा –३ लाख ।