कालो दिवस र संविधान दिवस एकसाथ मनाउँदैनौंः उपेन्द्र यादव



हाम्रो इकोनोमि

 

उपप्रधान एवं स्वास्थ्यमन्त्री एवंव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताएका छन् ।

 

आफूसहित पार्टीबाट निर्वाचित भएकाहरुले संविधानको रक्षा गर्ने शपथ लिएकाले यस दिनलाई कालो दिवस नमनाइने उनले बताए । साथै, संविधान दिवस पनि नमनाउने उनले स्पष्ट पारे ।

 

‘कालो दिवस मनाउन नैतिकताले दिदैंन,’ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘हामी कालो दिवस मनाउँदैनौं, संविधान दिवस पनि मनाउँदैनौं ।’

 

वैधानिक प्रकृयामा अगाडि बढिसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘यही संविधान अन्तर्गत स्थानीय तहको चुनाव लड्यौं, प्रतिनिधि र प्रदेशसभाको चुनाव लड्यौं र तीनै तहको सरकारमा छौं, त्यसैले अबको आन्दोलन संसदीय संघर्षको बाटोबाट हुन्छ ।’

 

विगतमा भएका उपलब्धीको रक्षा गर्दै यही प्रकृया अन्तर्गत संविधानमा रहेका त्रुटीहरु हटाउँदै अघि बढ्नेछौं । उनले संविधान संशोधन नभएसम्म संविधान दिवस पनि नमनाउने बताए ।

 

पार्टीको प्रदेश समितिले आइतबार संविधान दिवसलाई कालो दिवस मनाउने र ब्ल्याक आउट गर्ने निर्णय गरेको जिज्ञासामा यादवले भने, ‘हाम्रो पार्टीले कुनै निर्णय नै गरेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...