निर्मला बलात्कारको अनुसन्धान थप जटिल बन्दै, यौनांगभित्र एक जनाको मात्रै शुक्रकिट



 

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दैछ। तर अझै हत्यारा पत्ता लाग्ने छनकसम्म देखिएको छैन।

यसो हुनुको प्रमुख कारण तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्ली बिष्टको भूमिका नै प्रमुख भएको प्रहरीको भनाई छ। बिष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यका सक्रिय भूमिका खेलेको बालिकाकै आमा बुवाको आरोप छ। यही कारण कञ्चनपुरमा आन्दोन भयो।

एक जना प्रहरीको गोली लागेर मारिनु पर्‍यो। पीडित आमा बुवा न्याय माग्दै सिंहदरबारसम्म पुग्नु पर्‍यो। भलै प्रहरी प्रधान कार्यलयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी निलम्बनमा परिसकेका छन्।

प्रहरीले पन्तको बलात्कारपछि हत्या अभियोगमा यस अघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो। तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर बास्तविक अपराधी को हुनरु त्यो थाहा पाउन अव निर्मलाका आमा बाबु मात्रै होइन देश नै प्रतिक्षामा छ। यसको पछिल्लो उदाहरण हो, देशै भरको आन्दोलन।

 

छानबिन माथि छानबिन

 

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेको छ।

 

यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपीक्षक (एसएसपी) उत्तम सुवेदी नेतृत्वको समिती गठन भएको थियो। त्यही समितिलाई अधिकार सम्पन्न बनाउन बस्न्यातलाई प्रमुख बनाइएको प्रहरी प्रवाक्ता एसएसपी शैलेश थापा क्षत्रीको भनाई छ।

बस्न्यातको समितिले आतबारबाटनै पन्तको हत्याबारे अनुसन्धान सुरु गिरसकेको छ। निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई हेडक्वार्टर बोलाएर बयान लिन सुरु भइसको जनाएको छ।

त्यस्तै पन्तको हत्याकाण्डको अनुसन्धाना गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र सीआईबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।

 

प्रमाणको नाममा एउटै भेजिनल स्वाब

 

निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउने प्रहरीसंग खास प्रमाण नै छैन।

हत्यासँग सम्बन्धित प्रमाण सयम र अन्य कारणले नष्ट भइसकेका छन्। तर, प्रहरीसंग एउटै प्रमाण छ, निर्मालाको यौन अंगको भित्री भागमा भेटिएको पुरुषको शुक्रकिट।

प्रहरीले यहि प्रमाणबाट अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ। यही प्रमाणसंग डिएनए परिक्षणमा मेल नखाए पछि दिलिपसिंह बिष्ट छुटेका हुन्। अहिले छानविन समितिले निलम्वित एसपी डिल्ली बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु बिष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षणका लागि रगत दिएको जनाएको छ।

यसको नतिजा केही दिनमा आउने छ। सिआइबी स्रोतका अनुसार निर्मलाको यौन अंगमा भेटिएको शुक्रकिट एक जनाको मात्रै रहेको जनाएको छ। नतिजा डिएनए परिक्षण गरेकाहरुको पक्षमा आए अर्थात निर्दोष देखिए अनुसन्धानको पाटो अझ जटिल बन्दै जाने गृहमन्त्रालयको निष्कर्ष छ।

 

यसको लागि अन्य प्रकृयाबाट समेत अनुसन्धान थालिसकेको गृहमन्त्रालयको भनाई छ। निर्मलाको शव भेटिएको ठाउँ नजिकका परिवार र तीन किलोमिटर टाढा रहेको सेनामाथि समेत अनुसन्धान सुरुभइसको प्रहरी स्रोतको भनाई छ।

 

प्रहरी स्रोतका अनुसार अहिले अनुसन्धान फेरी शून्यबाट सुरु गरिएको जनाएको छ। कञ्चनपुर भीमदत्तनगरपालिका २ महुलीयाकी १३ वर्षीया निर्मला गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी थिइन्। उनी साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

किन गए एसपी मर्निङ वाक गर्दै निर्मला पन्तको घर ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना देशभर चर्चाको विषय बनिरहेका बेला कञ्चनपुरका एसपी कुबेर कडायत मंगलबार बिहानै हिँडेर घरमा पुगेका छन् ।

 

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३ किलोमिटर टाढा रहेको स्व। निर्मला पन्तको घरमा एसपी ‘मर्निक वाक’ गर्दै बिहान ७ बजे नै पुगेका हुन् ।

 

एसपी कडायत घरमा पुगेर सोमबार साँझ काठमाडौंबाट फर्किएका स्व। निर्मलाका आमाबुवालाई भेटेका छन् । उनी २०–२५ मिनेट निर्मलाको घरमा बसेका थिए । निर्मलाका आमाबुवा काठमाडौंबाट फर्किएकाले भेटघाट गर्न गएको एसपी कडायतले बताए । एसपी कडायत २ जना सुरक्षा गार्डसहित सादा पोशाकमा निर्मलाको घर पुगेका थिए ।

 

एसपी कडायतले घरमा आएको भेटघाट गरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । ‘अरु कुरा केही भन्नुभएन । सामान्य कुराकानी नै भयो,’ पन्तले भने, ‘बरु हत्यारा पत्ता लगाउने विषयमा के भइरहेको छ भनेर मैले सोधे । उहाँले खासै केही उपलब्धी हुन नसकेको बताउनुभयो ।’

 

न्याय माग्न काठमाडौं आएका निर्मला पन्तका आमाबुवा सोमवार घर फर्किएका छन् । दुवै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्ने आश्वासन दिँदै घर फर्किन आग्रह गरेका थिए । काठमाडौंमा रहँदा निर्मलाका आमाबुवाले विभिन्न संघसंस्था, नेता, प्रधानमन्त्री, मन्त्री लगायतसँग हत्यारा पत्ता लगाउन प्रभावकारी भूमिकाका लागि आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका