कर्णालीमा चिनियाँ लगानी कर्तासहित मुख्यमन्त्री रारा पुगे



हाम्रो इकोनोमि

 

 

कर्णाली प्रदेशको पर्यटकिय स्थल रारामा चिनियाँ लगानी कर्ताको टोली पुगेर अवलोकन गरेको छ।

 

मुगुको रारामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानी कर्ता टोली लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही रारा पुगेका हुन्।

 

मुख्यमन्त्रीसहित चिनियाँ टोलीले सुर्खेतको मदानेचौर, बीरेन्द्रनगर र मुगुको रारामा ठूलो विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरेको हो। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भइरहेको वताएका छन्।

 

शाहीले कर्णालीको ठूला भौतिक पूर्वाधारको विकासका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भइरहेको बताएका हुन्। रारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताको टोलीसहित मुगु पुगेर फर्केपछि सुर्खेत विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए।

 

प्रदेश सरकारको विशेष आग्रहमा नर्थ वेस्ट एभिएसन कम्पनी सहितको लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, बीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

 

चिनिया सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण गरिरहेको छ। कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटेल तथा रिसोर्ट र विमानस्थल आवश्यक भएकोले लगानीकर्ताको टोलीलाई उक्त क्षेत्रमा लगानी गर्न आफूले आग्रह गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए।

 

हाई अल्टिच्युट विमानस्थलका रुपमा रारामा विमानस्थल निर्माण गर्न लगानीकर्ताहरू सकारात्मक रहेको पनि शाहीको भनाई छ। त्यस अतिरिक्त जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाइड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...