सांसदको चाहना दशैंमा घर जाँदा विकासका योजना कोसेलीको रुपमा लैजान पाइयोस्



हाम्रो इकोनोमि

सांसदहरुले दशैंमा घर जाँदा कोसेली लिएर जानुपर्ने माग गरेका छन् । मंगलबारको संसद बैठकमा सांसदहरुले दशैंमा घर जाँदा जनताहरुले आफूहरुसँग केही अपेक्षा गर्ने भन्दै केही कोसेली लैजान पाउनुपर्ने बताएका हुन् ।

सांसदहरुले कोसेलीको रुपमा निर्वाचन क्षेत्रमा विकास आयोजनाहरु लिएर जान पाउनुपर्ने बताएका हुन् । पाँचथरबाट निर्वाचित बसन्तकुमार नेम्वाङले आफूहरुले संसदबाट धेरै कानून बनाए पनि जनताले त्यसलाई नबुझ्ने भन्दै कोसेलीको रुपमा विकास आयोजना लैजाने वातावरण बनाउन माग गरे ।

‘हामी सबै सांसदहरु आआफ्नो क्षेत्रमा फिर्ता जाँदैछौं । संविधानले सांसदको भूमिकाको जे व्यवस्था गरे पनि हामीले कानून निर्माणमा महत्वपूर्ण समय दियौं । जनताले यो मात्र पर्याप्त बुझ्दैनन् । यो पछि निर्वाचन क्षेत्रमा जाँदा सांसदले के कोसेली (विकास निर्माणका योजना) बोकेर आयो भनेर शुभकामना आदानप्रदान गर्न आतुर छन्’ उनले भने ।

सांसद विमला विश्वकर्माले दशैंमा घर जाँदा विकास बजेट जनतालाई कोसेली दिन पाएमा खुशी हुने बताइन् । समयमा विकास निर्माणको काम अघि बढ्न नसक्दा हतारमा असारे विकास हुने गरेको भन्दै उनले भनिन् ‘सांसदहरु दशैंमा घर जाँदा बजेटलाई हाते कासेलीको रुपमा लैजान पाउँ ।’

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...