सांसदको चाहना दशैंमा घर जाँदा विकासका योजना कोसेलीको रुपमा लैजान पाइयोस्



हाम्रो इकोनोमि

सांसदहरुले दशैंमा घर जाँदा कोसेली लिएर जानुपर्ने माग गरेका छन् । मंगलबारको संसद बैठकमा सांसदहरुले दशैंमा घर जाँदा जनताहरुले आफूहरुसँग केही अपेक्षा गर्ने भन्दै केही कोसेली लैजान पाउनुपर्ने बताएका हुन् ।

सांसदहरुले कोसेलीको रुपमा निर्वाचन क्षेत्रमा विकास आयोजनाहरु लिएर जान पाउनुपर्ने बताएका हुन् । पाँचथरबाट निर्वाचित बसन्तकुमार नेम्वाङले आफूहरुले संसदबाट धेरै कानून बनाए पनि जनताले त्यसलाई नबुझ्ने भन्दै कोसेलीको रुपमा विकास आयोजना लैजाने वातावरण बनाउन माग गरे ।

‘हामी सबै सांसदहरु आआफ्नो क्षेत्रमा फिर्ता जाँदैछौं । संविधानले सांसदको भूमिकाको जे व्यवस्था गरे पनि हामीले कानून निर्माणमा महत्वपूर्ण समय दियौं । जनताले यो मात्र पर्याप्त बुझ्दैनन् । यो पछि निर्वाचन क्षेत्रमा जाँदा सांसदले के कोसेली (विकास निर्माणका योजना) बोकेर आयो भनेर शुभकामना आदानप्रदान गर्न आतुर छन्’ उनले भने ।

सांसद विमला विश्वकर्माले दशैंमा घर जाँदा विकास बजेट जनतालाई कोसेली दिन पाएमा खुशी हुने बताइन् । समयमा विकास निर्माणको काम अघि बढ्न नसक्दा हतारमा असारे विकास हुने गरेको भन्दै उनले भनिन् ‘सांसदहरु दशैंमा घर जाँदा बजेटलाई हाते कासेलीको रुपमा लैजान पाउँ ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...