मन्त्री पण्डित नभएको मौकामा चौका हान्दै सहसचिवहरु विदेश सरर



 

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन् ।

 

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन् । उनी असोज ५ मा फर्कने कार्यक्रम छ । यता विभागीय मन्त्री नभएको मौकालाई मन्त्रालयका उच्च अधिकारीहरुले पनि राम्ररी नै सदुपयोग गरेका छन् ।

 

विभागीय मन्त्री नभएको मौकामा चौका हान्दै अहिले मन्त्रालयका उच्च अधिकारीहरु एकपछि अर्को गर्दै स–परिवार सरर विदेश भ्रमणमा निस्किरहेका छन् । स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गर्ने मन्त्रालयका उच्च अधिकारीहरु नै मरिहत्ते गरेर परिवार घुमाउन विदेश हानिएपछि अहिले मन्त्रालय रित्तो जस्तै बन्दै गएको छ । मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् ।

 

बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन् । मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन् । निजी सचिव मनोज राई मन्त्रीसँगै चीन भ्रमण छन् भने निजी सचिव रमेश अधिकारी जर्मन भ्रमणमा छन् ।

 

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित चीनको छेन्दु गएका हुन् । उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू गएका छन् । यसैगरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भूपाल बराल गत साता इन्डोनेसिया गएका छन् ।

 

मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल जर्मनी भ्रमणमा छन् । नगरपालिकाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन उनी जर्मनी पुगेका हुन् । उनीसँगै मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम पनि जर्मन पुगेका छन् ।

 

सोमबार मात्र मन्त्रालयको एउटा ठूलो टोली चीन भ्रमण गरेर काठमाडौं फर्केको छ । सो टोलीमा उपसचिवद्वय ऋषि आचार्य र भोला गुरागाईं सहभागी थिए । यसैगरी मन्त्रालयका ४ शाखा अधिकृत पनि उपसचिवको टोलीसँगै मंगलबार काठमाडौं फर्केको छ ।

 

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले सामान्य प्रशासनमन्त्रीबाट स्वीकृति गराएर मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जाने गरेको बताएका छन् । प्रधानमन्त्रीको कार्यालयलाई जानकारी मन्त्री तहबाट हुने गरेको पनि उनले जनाएका छन् ।

 

प्रधानमन्त्रीकै निर्देशन उल्लंघन

 

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले दुई हप्ताअघि सबै मन्त्रालयलाई विदेश भ्रमण गर्ने कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गर्न निर्देशन गरेको छ । तर प्रधानमन्त्री कार्यालयको निर्देशनलाई अधिकांश मन्त्रालयले उल्लंघन गरेका छन् ।

 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवर भन्छन्, ‘विेदश भ्रमण गर्न जाने सम्बन्धित कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा राख्न हामीले सबै मन्त्रालयलाई पटक–पटक निर्देशन गरेका छौं ।’ तर मंगलबारसम्म अधिकांश मन्त्रालयले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरेका छैनन् ।

 

केही महिनाअघि प्रधानमन्त्रीको कार्यालयले ३६ बुंदे निर्देशिका बनाई सार्वजनिक खर्च मितव्ययिता कार्यक्रम ल्याएको थियो ।

 

जसमा विदेश भ्रमणमा कर्मचारीलाई कडाइ गरेको थियो । यसैगरी प्रधानमन्त्री कार्यालय विदेश भ्रमण गर्ने कर्मचारीका हकमा छुट्टै निर्देशिका पनि बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका