यो वर्षको लागि सरकारले चिनी आयातमा लगायो बन्देज



हाम्रो इकोनोमि

 

सरकारले यो वर्षको लागि चिनीको आयात पूर्ण रुपमा बन्देज गरेको छ।

 

सैद्धान्तिकरुपमा मन्त्रिपरिषद्‍ बैठकले परिणात्मक बन्देज लगाउने निर्णय गरेकोमा यो वर्षको बाँकी अवधिमा भने चिनी आयात पूर्णरुपमा रोकिने भएको हो।

 

सरकारले एक लाख टनको कोटा निर्धारण गरी परिणात्मक रुपमा आयातमा बन्देज लगाएकोमा अर्थमन्त्री डा। युवराज खतिवडाले यो वर्षको लागि चिनी आयात पूर्णरुपमा बन्देज भएको बताएका हुन्।

 

हामीले विश्‍व व्यापार संगठन ९डब्लिटियो०को सिद्धान्तलाई समेत हरेर कोटा निर्धारण गरि परिणात्मक बन्देज लगाउन खोजेका छौँ मंगरबार नेपाल आर्थि पत्रकार समाज सेजनसँग अर्थमन्त्रालयमा गरिएको छलफलमा मन्त्री खतिवडाले भने यो वर्षको लागि निर्धारण गरिए बराबरको कोटाको चिनी आयात भइसकेको कारण बन्देज नै भने पनि हुन्छ।

उनले चिनीको आयातमा बन्देज लगाएको कारण अभाव नहुने दाबी गरेका छन्। नेपाललाई आवश्‍यक पर्ने चिनी बराबरको मौजदात रहेको कारण यो वर्षलाई कुनै पनि समस्या नपर्ने उनले बताए।

अहिले दुई लाख मेट्रिक टन चिनी मौजदात रहेको सरकारी तथ्यांक रहेको छ। हामीलाई आवश्‍यक पर्ने दुई लाख चिनी मौजदात रहेको छ, त्यसकारले हामीले चिनीको अभाव हुँदैनु अर्थमन्त्री खतिवडाले भने।

त्यस्तै अर्थसचिव डा। राजन खनालले पुसबाट उखु पेल्न सुरु हुने र एक लाख ४० हजार मेट्रिक टन बराबरको उखु पेलिने भएको कारण पनि अभाव श्रृजना नहुने बताए। आयात बन्देज हुँदा मूल्यमा केही असर देखिएता पनि समग्रमा सकरात्‍मक प्रभाव पार्ने अर्थमन्त्रालयका अधिकारीको भनाई छ।

त्यस्तै सरकारले यसअघि चिनी उद्योगीको मार्फतबाट किसानलाई अनुदान रकम दिने गरेकोमा भने अब सोझै उखु किसानलाई नै अनुदान रकम दिने भएको छ।

मन्त्रिपरिषद्बाट निर्णय गरेअनुसार पाँच रुपैयाँ वृद्धि गरी ६५ रुपैयाँ प्रति क्विन्टल अनुदान रकम दिन थालिएको हो। यसले किसानहरूको समस्या समधान हुने राजश्‍व सचिव खनालले बताए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...